१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज राजीनामा दिँदैछन्।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन्।

विश्वासको मत लिने भए आज अपराह्नसम्ममा प्रदेश सभामा जानकारी गराइसक्नु पर्नेछ। तर, विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।

पाण्डे, राजीनामा दिएपनि पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने आशामा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ गठबन्धनको सरकार बन्ने स्थितिको आंकलन गर्दै उनले राजीनामा दिन लागेको स्रोत बताउँछ।

गण्डकीमा कांग्रेस २७, एमाले २२, माओवादी ८ (सभामुखसहित), राप्रपा २ र  स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका तर अहिले राजीनामा दिएका दीपक मनाङे सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पाण्डेले आफ्नो पार्टी कांग्रेस सहित राप्रपाको २, दीपक मनाङे र माओवादीको गणना गरिँदै आएको छ। तर, नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरेका छन्।

प्रकाशित: २० चैत्र २०८० ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App