९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन्।  दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

भीमफेदीमा सुमो दुर्घटना, दुई गम्भीर

हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छ जना सामान्य छन्।

माइक्रोबसको ठक्करबाट एक महिला गम्भीर

आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएका छन्।  बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्।

चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए।

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

बुधबार राति रेसुङ्गा नगपालिका ४ अर्खलेमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । मलामी वोकर फर्कदै गरेको लु १ ज १५२१ नम्बरको जिप दुर्घटना हुदाँ कपिलवस्तु वाणगगाँ ८ का ५५ वर्षीय रुद्र बहादुर ढेगाको मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

गोरखाको भीमसेन गाउँपालिकाको बगुवामा खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सबिन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको केन्द बगुवा राख्ने या घ्याम्पेशाल सार्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको स्थिती सिर्जना भएको थियो ।

ठूला आयोजनाको ढिलासुस्तीमा एडिबी गम्भीर

एसियाली विकास बैंक (एडिबी) ले आफ्नो लगानीमा सञ्चालित ठूला आयोजना तोकिएको अवधिमा सम्पन्न गर्ने गरी काम हुन नसकेकोप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

रिक्सा दुर्घटना हुँदा गर्भवतीसहित दुईको अवस्था गम्भीर

मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए ।

दुर्घटनामा एकको मृत्यु, चारजना गम्भीर

मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन्।  कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

मतपत्र छाप्ने सम्बन्धमा गम्भीरतापूर्वक लिन आयोगलाई सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र छाप्ने निर्णयप्रति निर्वाचन आयोगलाई नै जिम्मेवार बनाउँदै आदेश जारी गरेको छ।

अनशनको १५ औं दिन : डा. गजुरेलको अवस्था गम्भीर

करार नियुक्तिको माग गर्दै १५ दिनदेखि आमरण अनशनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डा. महेश गजुरेलको अवस्था गम्भीर बनेको छ । सात महिनादेखि चरणबद्ध आन्दोलन गर्दा पनि सरकारले माग सम्बोधन नगरेपछि गजुरेल आमरण अनशनमा बसेका हुन् ।

पोखरामा सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

कुटपिट र धारिलो हतियार प्रहारबाट गम्भीर घाइतेको मृत्यु

कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्