९ आश्विन २०८१ बुधबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

बस दुर्घटनामा चार गम्भीर घाइते

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस बुधबार साँझ साढे ६ मा दुर्घटना हुँदा बसमा चढेका २२ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ । ‘बुधबार साँझ कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

नागरिकविरुद्धको मुद्दामा आइएफजेको गम्भीर चासो

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले सरकारी स्वामित्वको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नागरिक दैनिकविरुद्ध मानहानि मुद्दा दायर गरेको विषयमा गम्भीर चासो देखाएको छ।

नागरिक दैनिकमाथिको मुद्दामा 'आइएफजे'को गम्भीर चासो

नेपालमा सरकारी तथा निजी क्षेत्रमा हुने गरेका भ्रष्टाचारको विषयमा आइएफजेले चासो देखाएको छ। त्यसकाविरुद्ध उसले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहकार्य गर्ने विज्ञप्तीमार्फत् जनाएको छ।

नेपाली सभ्यतामाथि गम्भीर विचरण

यही गौरवपूर्ण भू-भागबाट मानवले आफ्नो आदि सभ्यताको थालनी गरेको हो भन्ने थुप्रै प्रागऐतिहासिक प्रमाण फेला परिसकेका छन् । सयकडौँ वर्ष व्यतित गर्दै मानिसको शाखा र हाँँगा यतैबाट अन्यत्र अरू महादेशतिर गएका हुन् भन्ने आधार भाषा–वैज्ञानिक खोजहरूले समेत संकेत गरिरहेका छन् । यही विशाल भूभाग अन्तर्गत विकसित भएको सभ्यता, आर्यावर्त संस्कृति, भाषा र प्राचीन साहित्यको अजस्र ज्ञानभण्डार संस्कृत वाङ्मयमा थिग्रिएर रहेको छ ।

तेह्रथुमको म्याङलुङमा बस दुर्घटना, एक गम्भीर

म्याङलुङबाट काठमाण्डौका लागि हिडेको मितेरी बस बसन्तपुर –म्याङलुङ सडक खण्डको काडेमा दुर्घटना भएको छ । विहीबार दिउँसो १२ बजे म्याङलुङबाट काठमाण्डौका लागि हिडेको ना ६ ख ७६९० नम्बरको मितेरी बस सबिक सोल्माको काँडेमा सडकबाट तल खसेको हो ।

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ।

पानी प्रशोधन कारखानामा ग्याँस चुहिँदा  २४ गम्भीर

भारतको उत्तराखण्डमा राज्यमा रहेको पानी प्रशोधन कारखानामा ग्याँस चुहिएर फैलिँदा २४ जना भन्दा बढी श्रमिक गम्भीर घाइते भएका छन्।

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।

नयाँ बस्तीमा सर्दै गम्भीर अपराध

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नयाँ बस्ती विकास भएको क्षेत्रमा गम्भीर प्रकृतिका आपराधिक घटना बढेका छन्। प्रहरीको संख्या कम रहेको र सुनसान क्षेत्र बढी भएकाले नयाँ बस्ती विकास भएका क्षेत्रमा आपराधिक घटना बढेको देखिएको हो।

लमजुङको रुदीखोलामा बस खस्दा २को मृत्यु, ६ गम्भीर

लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा शुक्रबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते प्रहरीको हेलिकप्टरबाट उद्धार

सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्