९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लमजुङको रुदीखोलामा बस खस्दा २को मृत्यु, ६ गम्भीर

रुदीखोलामा दुर्घटनाग्रस्त बस । तस्बिर सौजन्य : प्रवेश घिमिरे

लमजुङ – लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको वालुवाबेसी तर्फ जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुवाहक बस दिउँसोे १ बजेतिर खोलामा खसेको हो । दुर्घटनामा परी घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने २ जनालाई खोलाले बगाएको छ ।

उनीहरु पानीमा बसले च्यापिएको अवस्थामा रहेको र खोलाले बगाएकाहरुको पत्ता नलागेको घटनास्थलबाट प्रवेश घिमिरेले बताए । मृत्यु भएका र वेपत्ता भएकाहरुको सनाखत हुन नसकेको भोर्लेटारबाट गएको प्रहरीले बताएको छ । स्थानीयवासी र प्रहरी उद्धारकार्यमा खटिएका छन् । कास्कीको मादी गाउँपालिकाको वालुवाबेसी जानेक्रममा लमजुङको मध्येनेपाल नगरपालिका ८ मजुवाबेसी स्थित रुदीखोलामा दुर्घटना भएको हो ।

विन्ध्यवासिनी हाईड्रो पावरले निर्माण गरेको अस्थायी पुलको जीप नै खसेपछि बस खोलामा खसेको बताइएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरा पठाइएको छ । अन्य २० जना सामान्य घाइते भएका छन् । उक्त बसमा करिब ३५ जना सवार रहेको अनुमान स्थानीयले गरेका छन् ।

 

प्रकाशित: १२ श्रावण २०७४ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App