६ आश्विन २०८१ आइतबार
image/svg+xml

करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभइ लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।

शिवराज र सरस्वतीद्वारा २३ वर्ष पुरानो कीर्तिमान भंग

एथलेटिक्सका शिवराज पार्कीले शनिबार २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेपछि पोखरा रंगशालाको ट्य्राकमा नै रहेका आफ्ना दाइलाई अंकमाल गर्न गए।

यात्रुलाई बसपार्कमा सास्ती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ। सुर्खेत बसपार्कको काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ।

पोखरा महानगरले खालि गरायो भूमिगत पार्किङका लागि आफ्नै भवन

‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङसहित निर्माण गरिएका घर छन् घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागि प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु,’ प्रमुख आचार्यले भने।

पोखरा महानगरले सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

'पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ', उनले भने, 'केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ', महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए।

पार्किङको चपेटामा पोखराको साइकल लेन

'स्वास्थ्यका लागि हरेक बिहान नयाँ लेनमा साइकल चलाउँछु, साह्रै गाह्रो हुन्छ', उनले भने, 'जिरोबाट विपीचोकसम्म पुग्दा ठाउँ ठाउँमा सवारी पार्किङ गरेको भेट्छु।'

नयाँ बसपार्कबाट दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्।

महानगरको अल्टिमेटमपछि ‘फनपार्क’ले बुझायो कर

काठमाडौं महागरपालिकाले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले बिहीबार मनोरन्जन कर तिरेको छ।

सबै कर तिरिसक्न काठमाडौँ फन पार्कलाई महानगरकाे २४ घण्टे अल्टिमेटम

'तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकी सरह अशल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ' महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ।

पोखरेलीको प्रश्नः पोखराले अन्डरग्राउण्डको व्यवसाय हटाउन सक्ला?

जुन उद्देश्यका लागि अन्डरग्राउण्ड संरचना बनाइएको थियो, त्यो रुपमा उपयोग नभएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)पछिल्लो समय ती संरचनाविरुद्ध मैदानमा उत्रिए। कतिपय संरचनामा डोजर नै चलाए। शाहको कदमको कतिपयले आलोचना गरेका छन् भने धेरैले शाहलाई ‘आँटिलो’को संज्ञा दिएका छन्।

पोखरा महानगरले भन्योः ३५ दिनभित्र अन्डरग्राउण्ड खाली गर्नु

महानगरपालिकाको सूचनामा भनिएको छ, ‘पैंतीस दिनभित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ अन्यथा कानून बमोजिम कारबाही गर्नेछ।’ पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ। नत्र महानगरले नक्सा पास नै गरिदिँदैन।

महानगरको अभियान झनै तीव्र

कर्मचारी सन्चयकोषको भवन ‘काठमाडौं मल’को नक्सा पास नै छैन। पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ। अवैध संरचना हटाउने हाम्रो अभियान तीव्र रूपमा अगाडि बढ्नेछ।– नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपलिका

बालेनले भने: चाहेको यत्ति हो

अभियानले सकारात्मक संकेत देखाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा निजी सवारीसाधन राख्ने ठाउँको अभावमा कैयौंले सास्ती भोगे। अब विभागमा पुग्दा कसैले यस्तो सास्ती भोग्नुपर्नेछैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्