९ पुस २०८१ मंगलबार
image/svg+xml

‘जोखिमपूर्ण अवस्थामा बालबालिका’

नेपालमा बालबालिका जोखिमपूर्ण अवस्थामा रहेका ‘नेपालमा बाल अधिकारको अवस्था–२०७६’ प्रतिवेदनले देखाएको छ।

बालबालिका निरन्तर चितुवाको सिकार

जंगलमा रहेका पानीको मुहान र पोखरी सुक्दै जाँदा जंगल जीवजन्तुविहीन हुने अवस्थामा पुगेको छ, जसको प्रत्यक्ष मार चितुवाको आहारमा परेको छ।

किन बढ्दैछ बाल आत्महत्या ?

सामान्यतया परिपक्व हुनुभन्दा अगाडिको अवस्थालाई बाल्यावस्था भनिन्छ। नेपालको मौजुदा कानुनअनुसार १८ वर्ष नपुगेका नाबालिगलाई बालबालिका भनिन्छ। पूर्ण रूपमा शारीरिक र मानसिक विकास भइनसक्ने यो उमेरमा दुरगामी प्रभाव पार्ने निर्णय गर्न असमर्थ हुने भएकाले उनीहरूसँग सम्बन्धित कामका लागि संरक्षकको निर्णयलाई मात्र मान्यता दिने गरिन्छ भने उनीहरूबाट भएका गल्ती वा अपराधमा पनि वयस्क नागरिकलाई जस्तो दण्डसजाय गरिँदैन। यसो गर्नाको कारण उनीहरूको अपरिपक्व मानसिक अवस्था नै हो।

बालबालिकालाई अक्षर चिनाउन साक्षरता कक्षा

गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ।

दुर्गमका बालबालिका खोपबाट वञ्चित

कोल्टी क्षेत्रमा रहेका स्थानीय तहका बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। पुस महिनामा पाउनु पर्ने खोप सेवाबाट करिब १ सय बढीको संख्यामा बालबालिका वञ्चित बनेका हुन्। जन्मेदेखि १२ महिनासम्म बालबालिकाले अनिवार्य मासिक खोप लगाउनु पर्ने हुन्छ।

स्कुल पठाउने उचित उमेर

बालबालिकालाई ४ वर्ष नपुगेसम्म घरकै सदस्यबीच स्वतन्त्र रूपले रहन दिएर वा शिशु स्याहार केन्द्रमा राखेर, त्यसपछि मात्र औपचारिक शिक्षा सुरु गर्ने प्रणाली विकास गर्न सक्यौं भने हामी आगामी पुस्तालाई सही शिक्षा दिएर साँच्चै स्मार्ट हुने बाटोमा लान सक्छौं।

पढाइ छोडेर छोरा चालक, छोरीको 'कन्यादान'

ठूलीकान्छी माझीका दुई छोराले पनि नौ कक्षा पढ्दा पढ्दै विद्यालय छोडे। एक वर्षअघि पढाइ छोडेर खलाँसी काम गर्न गाडीमा हिँडेका उनका जेठा छोरा राजकुमार र कान्छा कमल अहिले ड्राइभर बनेका छन्। ‘सँधै पढ्न गए कसले कमाएर ल्याउँछ ?’ ४५ वर्षीया ठूलीले अड्डी कसिन्, ‘दुई–चार सावाअक्षर चिने पुगिहाल्यो नि !’

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो।

बालबालिकाको क्षेत्रमा १० प्रतिशत बजेट खर्चिने जनप्रतिनिधिको प्रतिवद्धता

बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि रोल्पास्थित दशवटै स्थानीय तह र सरोकारवालाहरुले १५ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन्। दुई दिनसम्म सदरमुकाम लिबाङमा सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको सहयोगमा जिल्ला समन्वय समिति रोल्पाद्वारा आयोजित कार्यशालामा स्थानीय तहका प्रमुखहरुले उक्त प्रतिवद्धता जनाएका हुन्।

बच्चालाई बिगार्दै त हुनुहुन्न ?

समाजबाट एक्ल्याएर सधैंभरि सुखसुविधामै उसलाई राख्न असम्भव छ, भविष्यमा यही समाजमै केही गर्नुपर्नेछ भने उसलाई बाल्यकालदेखि नै समाजका तीतामीठा पक्ष अनुभव गराउनु पो सच्चा अभिभावकीय कर्तव्य हो।

‘लेनदेन’ निहुँमा बालबालिका अपहरण

चिनजानकै मान्छेले मंगलबार अपहरणकारीको शैलीमा फोन गर्दै उनलाई भने, ‘तपाईंका बच्चा हाम्रो नियन्त्रणमा छन्। हाम्रो पैसा दिने भए बच्चा फर्काउछौं, नत्र फर्काउँदैनौं।’

बाल हित कि हिंसा ?

काठमाडाैंमा पढाइदिने र राम्रो खान/लाउन दिने प्रलोभन देखाई अभिभावककै काखबाट थुतेर अबोध बालबालिकाबालबालिकालाई बालगृहमा हुल्नु अपराध हो।

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।

सडक बालबालिकाको सहयोगार्थ दौड प्रतियोगीता

आमा घरमा रहेका सडक बालबालिकाको सहयोगार्थ शनिबार वीरेन्द्रनगरको पर्यटकीयस्थल कांक्रेविहारमा दौड प्रतियोगीता गरिएको छ । ‘रन फर कज’ नाम दिइएको प्रतियोगीतामा कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको सहभागिता रहेको थियो ।

अक्षर चिन्दै राउटे बालबालिका

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्