७ वैशाख २०८१ शुक्रबार

काँग्रेसको वडा अधिवेशनमा सर्लाहीमा फेरि गोली चल्यो, इन्स्पेक्टरसहित पाँच घाइते

सोमबार सर्लाहीको बलरा नगरपालिका ७ को वडा अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो।

सर्लाहीमा मन्त्रीका पीसीओले चलाए गोली

गोली चलेपछि भागदौडमा दुई जना घाइते भएका छन्। गोली चलाउनुपर्ने कारण आफूलाई थाहा नभएको एसपी प्रसाइले बताए।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएनन् पार्टीका वडा अधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले अधिकांश वडा अधिवेशन सम्पन्न गरेका छन्।

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाबाट सबै प्रक्रिया पुर्‍याएर नविकरण र नयाँ गरी १८ हजार एक सय ३४ जना सदस्यको नामावली पठाइएको थियो। त्यसमा १ सय २५ थप गरेर कैलालीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको उनले बताए।

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ। क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो।

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ।

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरूको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

कांग्रेस वडा अधिवेशन : बाजेहरु गए, नातीहरु आए!

खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा नेपाली कांग्रेसका ८० वर्ष हाराहारीका वडा सभापति थिए। लट्ठीको साहरामा हिँड्डुल गर्ने वडा सभापतिबाट कांग्रेसको संगठन चल्दै आएको थियो।

काँग्रेस ताप्लेजुङमा वडाको अधिवेशन, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि छानिँदै

प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

कांग्रेस वडा अधिवेशनः खोटाङका ४५ वडामा सर्वसहमत, ११ वडामा चुनाव

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खोटाङको ११ वडामा नेतृत्व चयनका लागि चुनावी प्रकृया अघि बढेको छ।

अर्घाखाँचीका ६१ वडामा कांग्रेस वडा अधिवेशनको रौनक

अर्घाखाँचीका ६१ वटै वडामा यही शुक्रवार वडा अधिवेशन हुने भएपछी चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चापरिचर्चा सुनिन्छ। नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्