१४ आश्विन २०८१ सोमबार
image/svg+xml

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ।

एमाले सांसदको हस्ताक्षर संकलन

एमाले संसदीय दलले सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेको हो। ‘हामीले सोमबार ६ ठाउँमा हस्ताक्षर गरेका छौं। जहाँजहाँ उपयुक्त हुन्छ, त्यहाँत्यहाँ प्रयोग गर्ने नेतृत्वलाई अधिकार पनि दिएका छौं,’ एक सांसदले भने। दलको बैठकले आवेशभन्दा पनि सोचविचार गरेर अघि बढ्नुपर्ने भन्दै त्यसबारे निर्णय गर्ने सबै अधिकार शीर्ष नेतृत्वलाई दिएको हो।

आइआइडिएस फेलोसिप कार्यक्रम सुरु

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले फेलोसिप कार्यक्रत सुरु गरी ४३औं वार्षिकोत्सव मनाएको छ।

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।

भारतद्वारा नेपाललाई ४२० करोड अनुदान

भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपाल र इजरायलका विश्वविद्यालयबीच सहमति

तेल अविव विश्वविद्यालयको परिसरमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच भएको उक्त सझौतापत्रमा नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुसाल र इजरायलको तर्फबाट तेल अविवि विश्वविद्यालयकी उपकुलपति प्रा. मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको राजदूत शाक्यले जानाइन्।

गल्फसँग पनि जोडियो केल्मी

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ।

‘हस्ताक्षर’मा अड्कियो एमाले एकता

‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अड्किएको छ।’

मेवा खोला जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर

ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा प्रवर्द्धक रहेको सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ।

एमाले एकतामा हस्ताक्षर बाधक

अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएमात्रै पार्टीमा प्रवेश दिने बताएपछि एमालेको माधव नेपाल पक्ष झनै टाढिएको छ। संविधान रक्षाका लागि गरिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने नेपाल पक्षको अडान छ।

निषेधाज्ञा छल्न सिडिओको किर्ते छाप र हस्ताक्षर

रातिको समयमा प्रहरी चेक जाँच छल्दै सुलिचौर पुगेका उक्त दुई गाडीले ६७ जना यात्रु बोकेको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक कमल पुनः मगर, छबिलाल सुनार, गाडी धनी हस्ताङत बुढा र सहचालक डिल्लीराज रेग्मीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।

सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई सो रकम उपलब्ध गराउन हस्ताक्षर भएको हो।

विभेद विरुद्ध मण्डलामा हस्ताक्षर संकलन, प्रधानमन्त्रीलाई बुझाइने

प्रदर्शनीमा रुपा सुनारमाथि विभेद गर्ने घरवेटी सरस्वति प्रधानलाई मन्त्रालयकै गाडिमा राखेर प्रहरीबाट छुटाउने शिक्षामन्त्री कष्णगोपाल श्रेष्ठको राजीनामा, दोषीलाई कारवाही, जातव्यवस्थाको जाेडदार माग गर्दै गरिएको थियो।

हस्ताक्षर बुझाउन ठाकुरलाई एकसाता

जसपामा सरकारको समर्थनमा रहेको ठाकुर पक्ष र सरकारको विपक्षमा रहेको उपेन्द्र यादवपक्षले एक अर्कालाई कारबाही गर्दै आधिकारीकतामा विवाद देखिएका बेला ठाकुर पक्षको मागबमोजिम एक साताको समय दिइएको हो।

नेपाल पक्षको अडानः लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न

एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्