२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गल्फसँग पनि जोडियो केल्मी

पछिल्लो समय नेपालका विभिन्न खेललाई प्रायोजन गर्दै आएको अन्तर्राष्ट्रिय खेलसामग्री उत्पादक कम्पनी केल्मी नेपाल गल्फ संघसँग पनि जोडिएको छ। फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ। 

शुक्रबार नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र गल्फ संघका अध्यक्ष टासी घलेले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा खेलाडीले केल्मीको उत्पादन सामग्री प्रयोग गर्नेछन्। केल्मीले यसअघि नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गरेको छ।

त्यस्तै जापानमा भइरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी नेपाली खेलाडीका लागि पनि नेपाल ओलम्पिक कमिटी (आइओसी) सँग प्रायोजन गरेको थियो। यसै हप्ता मात्र टोकियोमा हुने पारालम्पिकमा सहभागी पारा तेक्वान्दो टोलीसँग पनि सम्झौता गरेको थियो। कामरुका निर्देशक उत्तम न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा गुणस्तरीय खेलपोसाक प्रदान गर्ने उद्देश्यअनुरूप केल्मी नेपाल अगाडि बढिरहेको बताए । केल्मीको देशभर १३ वटा आउटलेट सञ्चालनमा छन्।

प्रकाशित: २३ श्रावण २०७८ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App