१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतद्वारा नेपाललाई ४२० करोड अनुदान

भारतले नेपालका १४ साँस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि सहयोग गर्ने भएको छ। भारत सरकारको ४२० करोड रुपैयाँ अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंसल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७८ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App