२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

प्रहरीले विष्फोटक पदार्थसहित निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृतव्को नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार बिहान सवा ११ बजे भरतपुर महानगरपालिका वडा नं. ४ को शिवघाटमा दुईजना व्यक्तिबाट विष्फोटोक पदार्थहरु बरामद भएको हो।

यातायातका कर्मचारी घुससहित पक्राउ

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका कार्यालय प्रमुखसहित पाँच जनालाई राजस्व हिनामिनाको आरोपमा निलम्बन गरेर छानबिन गरिरहेको बेला थप एक जना कर्मचारी सोमबार घुससहित पक्राउ परेका छन्।

निर्वाचन विरोधी गतिविधि गरेको आरोप विप्लवका दुई जिल्ला नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका दुई जिल्ला नेता सोमबार पक्राउ परेका छन्।

उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिक पक्राउ

उत्तर कोरियाले आइतबार अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ। प्योङयाङले किम हाक सोङ नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ गरेको सरकार सञ्चालित ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ ।

गुण्डा नाइके दीपक मनाङे पक्राउ

गुण्डा नाइके दीपक मनाङे पक्राउ परेका छन्। निर्वाचको सुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावना भएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका कोइराला पक्राउ

खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ।

नयाँ शक्तिलाई आक्रमण गर्ने माओवादी कार्यकर्ता पक्राउ

शनिवार साँझ गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा नयाँ शक्तिका कार्याकर्तालाई कुटपिट गर्नुका साथै जीप र मोटरसाइकल तोडफोडमा संलगन एकजनालाई प्रहरीले आज पक्राउ  गरेको छ । गोरखा नगरपालिका ६ का सुदिप बस्नेतलाई पक्राउ गरी अनुसन्धन गरिएको र अन्य संलग्नको खोजी भइरहेको डिएसपी बिरेन्द्र थापाले बताए ।

निर्वाचन विथोल्न खाेज्ने १२ पक्राउ

चुनाव प्रचार प्रसार विथोल्दै हिड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता शुक्रबार राती धादिङमा पक्राउ परेका छन् ।

घुस रकम सहित अमिन र उनका सहयोगी पक्राउ

सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा नापी कार्याल बाराका अमिन र उनका सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रिय कार्यालय हेटौडाको टोलीले शुक्रवार पक्राउ गरेको छ।

उम्मेद्वार धम्क्याउने विप्लवका कार्यकर्ता पक्राउ

स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव)संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बम राखेको आशंकामा पाँच पक्राउ

पर्वतमा बम राखेको आशंकामा पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काँग्रेसका कुश्मा नगरका उम्मेद्वार रामचन्द्र जोशीको घरमा भेटिएको बम राखेको आशंकामा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज ओमबहादुर पुन, सेक्रेटरी अल्बर्ट, सल्लाहकार ओम पन्त, जिल्ला सदस्य यज्ञ गौतम र गोपाल जिसीलाई पक्राउ गरेको हो ।

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक बरिष्ठ कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

आठ वर्षीय बहिनीलाई बालात्कार गर्ने पक्राउ

महोत्तरीको एकडार गाउँपालिका ३ भटौलिया (साविकको भटौलिया–५) बस्ने आठ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महाेत्तरीबाट २ सातामा १९ जना फरार दोषी पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साताको अवधिमा अदालतबाट प्राप्त सूचिअसार अनुसार १९ जना फरार दोषीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्