२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

जिप जलाएको आरोपमा एक महिला पक्राउ

बर्दिया- जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए।

आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ। पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए। रासस

 

प्रकाशित: १९ वैशाख २०७४ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App