१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

गैंडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दसैंको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो। गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्य रूपमा बढेको छ।

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ।

भक्तजनले गलेश्वरमा डिजिटल दान पेटिकामा १ लाख चढाइन्

साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न आएकी एक भक्तजनले मन्दिरको डिजिटल दान पेटिकामा नगद १ लाख ५ रूपैयाँ दान गरिन्।

आज माघे संक्रान्ति पर्व मनाइँदै

आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। माघे सङ्क्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्