७ चैत्र २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

वर्षाले प्रभावित नेपालगन्जको ईद-उल-फित्र

वर्षाका कारण नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व ईद-उल-फित्र प्रभावित भएको छ। ईदको अवसरमा यहाँका मुस्लिम समुदायले स्थानीय विपी चोकमा रहेको ईदगाहमा पुगेर हरेक वर्ष सामूहिक रूपमा नमाज पढ्ने गर्छन्। यस पटकको ईदमा भने शनिबार बिहानैदेखि वर्षा भएकाले मुस्लिम समुदायको न्यून उपस्थितिमा सामूहिक नमाज पढिएको हो।

वर्षाले प्रभावित गरेपछि दिउँसो अन्य ईदगाहमा पनि सामूहिक नमाज पढ्ने व्यवस्था मिलाइएको धर्मगुरुले बताएका छन्।

मुस्लिम समुदायले शनिबार देशभर विशेष नमाज पाठ गरी ईद-उल-फित्र पर्व मनाइरहेका छन्। ईद पर्वमा आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन रहेको छ। खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई ईद-उल-फित्र भनिएको हो।  

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुन्छ। यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु पनि हो।  

मुस्लिम समुदायका अगुवा एवम जामा मस्जिद ईदगाह संचालक समितिका पूर्वअध्यक्ष रहमान मियाले ईद पर्वले आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने विस्वास व्यक्त गरे। ईद पर्वले नेपालमा सुख, शान्ति र समृदी ल्याउने उनको विश्वास छ।

प्रकाशित: ७ चैत्र २०८२ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App