१० मंसिर २०८१ सोमबार
image/svg+xml

दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका

‘दौडिन्छ कर्णाली’। एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरु जन्मिएका छन्। दौडेरै इतिहास लेखेका छन्। अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्मले इतिहास बनाएका छन। त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ। अब भने कर्णाली दशौं राष्ट्रिय खेलकुदको तयारीमा दौडिरहेको छ।

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दैछ कर्णाली

कर्णाली निकै विकट छ। दुुर्गम छ। दुर्गमलाई सुगम बनाउनुपर्ने छ। सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने लक्ष्य लिइएको छ। कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ।

राखेपका प्रतिनिधि चयन

खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो। २८ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचितमध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन्।

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।

गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने

आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

प्रादेशिक रंगशाला निर्माणको काम तीब्र

राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ।

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदले सम्मान गर्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ। परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए।

माओवादीको चुनावी प्रचारप्रसारमा संलग्न रहेका घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण

घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो? भनी स्पष्टीकरण सोधिएको छ।

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरको सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ। महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्