coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राखेपका प्रतिनिधि चयन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन्। खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो। २८ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचितमध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन्। चिर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त शर्मा (पिन्टु) (८०), लीलाराम बस्नेत (७६), कुमार बस्नेत (७४), सुजन खतिवडा (७१), खुसराज दाहाल (६८), लोकेन्द्रकुमार बस्नेत (६६), डिल्लीराम काफ्ले (६५), रेखा बस्नेत (६०), गोपीकृष्ण निरौला (५९), रिखिराम पोखरेल (५८), दुर्गादेवी बस्नेत (५८) र दोवे तामाङ (५०) रहेका छन्। कुल १ सय २६ मतदाता रहेकोमा १ सय १४ मत खसेको थियो। सदर मत संख्या १ सय ९ थियो।

५ मत बदर भएको थियो। महिला आरक्षिततर्फ ३ जना छनोट हुनुपर्नेमा ४ जनाले उम्मेदवारी दिएका थिए। अमृता घिमिरे (९१), पार्वती राई (८८) र ढाकादेवी पराजुली (७१) निर्वाचित भए। आरक्षित श्रेणीविहीनतर्फ बद्रीकुमार खत्री निर्विरोध निर्वाचित भए। केन्द्रीय महाधिवेशन तथा निर्वाचन फागुन ४ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा हुँदै छ। केन्द्रीय महाधिवेशन तथा निर्वाचनमा जिल्ला, प्रदेश र केन्द्रबाट जम्मा १ सय २० प्रतिनिधि सहभागी हुने राखेप कर्मचारी संघ केन्द्रीय निर्वाचन आयोगका सचिव भोजानन्द राईले जनाएका छन्।

प्रकाशित: १४ माघ २०७९ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App