पीडितको सडकमै बास
बाँके, फत्तेपुर यतिसम्म कुरूप थिएन। झिँगटीकै सही, घरहरू थिए, बस्ती थियो। साँझबिहान चुलो धुवाउँथ्यो। लालाबाला ठाँटिएर स्कुल जान्थे। खेतखलियानमा पसिनाको बाली लहलहाइरहन्थ्यो। स्थानीयको दैनिकी लयमा चलिरहेकै थियो।
बाँके, फत्तेपुर यतिसम्म कुरूप थिएन। झिँगटीकै सही, घरहरू थिए, बस्ती थियो। साँझबिहान चुलो धुवाउँथ्यो। लालाबाला ठाँटिएर स्कुल जान्थे। खेतखलियानमा पसिनाको बाली लहलहाइरहन्थ्यो। स्थानीयको दैनिकी लयमा चलिरहेकै थियो।
कार्यालय समयमा सडकमा धेरै सवारीसाधन गुड्ने हुँदा राजधानीका भित्री सहरमा १०/१५ मिनेट जाम स्वाभाविक भइरहेको छ। सडक संरचनाको कारणले गर्दा पानी परेको समयमा पनि जाम हुने गर्छ।
१६ दिन लामो अनशनबाट नतंग्रिँदै डा. गोविन्द केसीले सडकमा ओर्लिएर सरकार र संसद्लाई खबरदारी गर्ने भएका छन्। अनशनपछि मेडिकल वार्डमा उपचाररत डा. केसीले शनिबार ११ बजे माइतीघरमा हुने भ्रष्टाचारविरोधी र्यालीमा सहभागी हुने बताए।
जाजरकोट– यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ। विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो। स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ। सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ।
पर्वत– वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध बनेको हो। कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड ठप्प छ।
राजधानीको कपनमा पछिल्लो समय तीव्र गतिमा बसोबास बढीरहेकेा छ। चावहिलबाट गोपीकृष्ण वा चुच्चेपाटीबाट महांकाल हुँदै कपन पुग्न सकिन्छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोबीखोला करिडोर वा सुकेधारा चोकबाट निलोपुल हुँदै पनि कपन जाने वैकल्पिक बाटो हो।
तिमी पाँच इन्द्रीयले काम गर्छौ, म छैटौँले! तिम्रो गिदी छ साथी! मेरो मुटु जरुर साथी म पागल! यस्तै छ मेरो हाल ...' महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'पागल' शीर्षक कविताका पात्रझैं लाग्ने हजारौं सर्वसाधारण निधारमा पागल लेखिएको कालोपट्टी बाँधेर शनिबार सडकमा निस्किए।
पहिरो गएका कारण नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध छ। नारायणग-ढमुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार बिहान पाँच बजे नारायणगढदेखि ३३ किलो मिटर पर मुग्लिन नजिक टोपे खोलामा ठूलो पहिरो गएका कारण गाडी चल्न नसकेको हो।
झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।
तस्बिरमा देखिएको सडक विश्व सम्पदा सूचीमा रहेको राजधानीको बौद्धनाथ स्तुप अगाडिको हो। बौद्धनाथ स्तुपदेखि पिपलबोटसम्म करिब १ किलोमिटर सडक बिगे्रको ६ महिनाभन्दा बढी भइसक्यो।
सहज रूपमा नयाँ सरकार गठन गर्न दिन पार्टी नेताले दबाब दिए पनि प्रधानमन्त्री केपी शर्मा ओली सडक र सदन दुवैतर्फबाट विषयलाई चर्काउने तयारीमा देखिएका छन्। बजेटका आश्रित विधेयकभन्दा अघि अविश्वास प्रस्ताव ल्याए सदन अवरुद्ध पार्ने निर्णय गरेको नेकपा एमालेले भ्रातृ संगठन प्रयोग गरेर सडक तताउने योजना बनाएको छ।
सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास निर्माणमा १२ करोड रुपैयाँ सक्ने चटारो थियो। ठेक्कामार्फत प्रतिस्पर्धा गराउनेभन्दा विकास निर्माणका काममा 'कोटेसन'बाट ठेकेदार चयन गर्न कार्यालयले प्राथमिकता देखाएको छ।
सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर सात दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थनमा सर्वसाधारण तथा विद्यार्थी सडकमा ओर्लिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका शिक्षण अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा शनिबार स्वतस्फुर्त रुपमा र्याली निस्किएको छ।