१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सहरको फोहोर सडकमा

सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर छाेडिन्न– उपप्रम गच्छदार

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्।

बेनी–जोमसोम सडक अवरुद्ध

बाबियाचौर (म्याग्दी)– म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा–१ को घङेमा भन्ने ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको हो ।

बोडे-ठिमी सडकको जात्रा

पाइलैपिच्छे टलपल धमिलो पानी जमेेका ठुल्ठूला खाल्डा छन्। गाडीले हिलोपानी छ्याप्दै गुड्छन्, मोटरसाइकल धमिलो पानीमा डुब्दै गुड्छन्। पैदल हिँड्दा जुत्ता हातमा बोकेर हिँड्नुपर्छ। सडक हो कि खहरे खोला पहिल्याउन गाहै्र पर्छ। अझ झट्ट हेर्दा धान रोप्न हिल्याइएको खेतको गराजस्तै पनि देखिन्छ।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

नारायणगढ मुग्लिन सडकमा पहिरै पहिरो, आज बाटो खुल्ने सम्भावना कम

शुक्रबार बिहानैदखि परेको अबिरल वर्षाकाकारण नारायणगढ मुग्लिन सडक खण्डको दर्जनौं ठाउँमा पहिरो जाँदा बाटो खुल्ने सम्भावना अनिश्चितबनेको छ। नरायाणगढ मुग्लिन सडक निर्माण आयोजनाले सो सडक खण्डको साटो वैकल्पिकमार्ग अपनाउनयात्रु तथा गाडी धनीलाई अपिलसमेत गरेको छ।

बर्खामा चल्दैनन् सडक

वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका झण्डै आधा दर्जन सडक अवरुद्ध छन् । सडक बिग्रिएपछि जेठ अन्तिम सातायता जिल्लाका तिपाडा–मार्तडी, सेरा–आटीचौर, बेतालमाडौं–झाली, मार्तडी–पाण्डुसैन र मार्तडी–जुगाडा सडक अवरुद्ध भएका छन् । ती सडकमा यातायात सेवासमेत सञ्चालन हुन सकेको छैन ।

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।

पुतली सडकको कन्सल्टेन्सीबाट क्यानडाको पिअार मिलाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।

सौर्य बत्तीले सडक झिलिमिली

विद्युत लोडसेडिङले सम्साँझै अन्धकार हुने नेपालगन्जका सडक यतिखेर झिलिमिली बनेका छन्। चारलेन सडकको पुष्पलाल चोकदेखि गणेशमान चोकको बीच भागमा सडक बत्तीले अचेल स्वरूप फेरिएको छ।

सडकले ल्याएको समृद्धि

'अभावले निराशा र आयस्ताले उत्साह बढाउँछ' भन्ने भनाइ बाहुनडाँगी–९ बाँसेका नेत्रप्रसाद भट्टराईको जीवनमा ठ्याक्कै मेल खान्छ।  जतिबेला आम्दानीका नाममा मंसिरमा थन्क्याइने धान र जेठ असारमा भित्र्याउने मकै मात्रै थियो, त्यसबेलाको अधिकांश समय  निराशा उनको  पेवाजत्तिकै थियो।

१० घण्टापछि नारायणगढ मुग्लिन सडक खुल्यो

सोमबार बिहान चार बजेदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड १० घण्टापछि दिउँसो दुई बजेबाट सञ्चालनमा आएको छ। मुग्लिनदेखि पूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमा पहिरो खसेको थियो।

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

चार किलोमा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

मुग्लिनदेखिपूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमासोमबार बिहानै पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ। बिहान चार बजे पहिरो गएसँगै यातायात रोकिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्