काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।
महाशाखाका अनुसार पुतली सडकस्थित ईन्फोहब एजुकेशन कन्सलटेन्सीमा पब्लिक रिलेसन पदमा काम गर्ने नाथले दाङ लालमटियाका सिता सेन र मान बहादुर खत्रीलाई क्यानडाको स्थायी बसोबास अनुमति पत्र दिलाउने बहानामा दश लाख ८२ हजार ठगी गरेका थिए।
नाथले सेनबाट ६ लाख ८० हजार र खत्रीबाट तीन लाख ८२ हजार लिएर फरार भएपछि पीडित उजुरी लिएर महाशाखा पुगेका थिए । महाशाखाले पक्राउ परेका नाथलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको जनाएको छ।
प्रकाशित: १५ असार २०७३ १४:२० बुधबार