१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बेहाल हात्तीगौंडा-टोखा सडक

हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–७ मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन्। खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन्।

कोरला जोड्ने सडक खन्दै चीन

चीनले दीर्घकालीन रुपमा नेपालसँग व्यापार विस्तार गर्ने उद्देश्यसहित अहिले नेपालतर्फको नाकासम्म आइपुग्ने गरी धमाधम आफ्नो भूभागमा सडक विस्तार गर्न थालेको छ ।

मुग्लिन सडकको ठाउँठाउँमा पहिरो, आवागमन ठप्प

चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ ।

सडकमा अटोरिक्सा मनपरी

यातायात कार्यालयबाट दर्ता, लाइसेन्स, रुट परमिट नलिएर सञ्चालन हुँदै आएका विद्युतीय अटोरिक्साको कोहलपुर बजारका सडकमा मनपरी चल्दै आएको छ। बीच सडकमै अटोरिक्सा चालकले पार्किङ गर्ने, गुडाउने, यात्रु झार्ने र चढाउने गर्दै आएका छन्।

वर्षाले अधिकांश सडक अवरुद्ध

उदयपुर– ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

पहिरोले छेक्न थाल्यो सडक

चितवन– घोषित रुपमा दिउँसो चार घन्टा बन्द हुँदै आएको असार १ गतेयता पूरै समय चालु हुने भनिए पनि निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्न थालेपछि आवागमन असहज र पट्यारिलो बन्दै गएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रु र मालवाहक गाडी घन्टौं जाममा पर्न थालेका छन्।

निरन्तर वर्षाले ८० प्रतिशत सडक अवरुद्ध

उदयपुर– तीनदिनदेखिको निरन्तर वर्षाले उदयपुरमा ८० प्रतिशत सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकतर सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो ।

सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]

काठमाडाैं-सुन्धारामा बिहीबार दिउसो एउटा छाडा राँगोले आतंक मच्चायो। एकाएक बीच सडकमा दाैडेर आएको राँगोले बाटो हिड्ने यात्रु, मोटरसाइक र स्कुटरमा सवारहरूलाई धमाधम सिंङले उधिनेर उद्दण्ड मच्चायो।

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो

वर्षाका कारण पहिरो गएर बुधबार राति नौ बजेदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड १४ घण्टापछि बिहिबार मध्यान्ह ११ बजेदेखि खुलेको छ। मुग्लिन नारायणगढ सडक दुई लेनको बनाउने काम सुरु भएसँगै पहाड काटेको ठाउँमा पहिरो गएर दुख दिन थालेको हो ।

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ ।

कालीखोलामा पहिरो, मुग्लिन सडक अवरुद्ध

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि सडक अवरुद्ध हुन पुगेको छ ।

कर्णाली राजमार्गको दुरावस्था

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

छाडा चौपायाले सडक जाम

सवारी दुर्घटना र ट्राफिक अस्तव्यस्त रोक्न विस्तार भएको चारलेन सडक खण्डको कोहलपुर क्षेत्रमा छाडा चौपायको बिगबिगी बढेको छ। चारलेन सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र डिभाइडरमा चरनले दुर्घटना र जाम बढाएको छ। सडक चौडा भए पनि कोहलपुर नगरका चारलेन सडकमा छाडा साढेको राज बढिरहेको छ।

सडक पेटीमा मनलाग्दो व्यापार

कोहलपुर- नगर क्षेत्रका सडक पेटीमा व्यापारिक सामान राख्न निषेधित गरिए पनि कोहलपुरमा भने मनलाग्दो व्यापार भइरहेको छ। फुटपाथमा व्यापार हटाउन नगरपालिका र ट्राफिक प्रहरीले अभियान चलाए पनि सडक पेटीमा हुने व्यापार कम हुन सकेको छैन। कोहलपुरका मुख्य बजार, चारलेन सडक, न्यूरोड, बसपार्क, दस बिघा क्षेत्रमा निर्माण सामग्री र ठेलाजस्ता फुटपाथ व्यापार मौलाएको छ।

अवरुद्ध मुग्लिन सडक सञ्चालनमा

रत्ननगर (चितवन)—चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चण्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्