डा. केसीले सडकबाट सङ्घर्ष थाल्ने
काठमाडौँ- सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गरेका छन्।
काठमाडौँ- सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गरेका छन्।
काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको छ। छतमा समेत गरी ८० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खस्दा २५ जनाको मृत्यु भएको छ।
मुलुककै पुराना सडकमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौंदेखि जीर्ण छ। अवषेश मात्र वाँकी रहेको सो सडकसँग जोडिएको जिल्लाको दर्जनौं गाविसको भविष्य नै अन्योलग्रस्त छ। तराई मधेसको विकासको मेरुदण्डका रुपमा मानिएको हुलाकी सडकको अवस्था र आवश्यत्ता बारे बेला बखत राजनतेताले नबोलेको होइनन्, सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यमा पनि निकै चर्चा हुने गर्छ यस सडकको।
आर्थिक वर्ष ०७१/७२ मा नेपालगन्ज–१, धम्बोजी विशालचोक हुँदै बेलहरी गुरुवागाउँ जोड्नेसडकमा जिल्ला विकास समितिमार्फत १८ लाख ६६ हजारमा दुई किलोमिटर ग्राभेलिङ सम्पन्न भयो। ओम निर्माण सेवामार्फत ग्राभेलिङगरिएको थियो।
जनकपुर–भिट्ठामोड सडकखण्डमा बस सेवा बन्द गरिएको छ । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सो सडकखण्ड मर्मतसम्भार गर्न सम्बन्धित निकायबाट पहल नभएको भन्दै उक्त रुटमा बस सेवा बन्द गरिएको हो । जीर्ण सडकको कारण सो सडकमा बस चल्ने अवस्था नरहेको, पटक–पटक दुर्घटना हुने गरेको कारण सेवा बन्द गर्नुपरेको जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।
राजधानीको तीनकुने चोकदेखि गैरीगाउँ जाने सडकको पेटी सवारीसाधन पार्किङले नै भरिने गरेकाले बटुवा सडक पेटी हो कि पार्किङ रनभुल्लमा पर्न थालेका छन्। 'सडक पेटी जहिल्यै पार्किङ हुने गरेको छ, जसले गर्दा हिँड्नै सकस हुन्छ,' एक स्थानीय भने, 'कहिले पार्टी प्यालेसका सवारीले भरिन्छ भने कहिले मार्बल गोदामका गाडी त कहिले मोटरसाइकलले फुटपाथ भरिने गर्छ।'
फिजीका जनताले शुक्रबार खुसीयाली मनाउने क्रममा सबै सिमाना नाघे, बारुदहरू पड्किन थाल्यो, सबैजना सडकमा आएर नाच्न थाले। एउटा सानो देशले ओलम्पिकमा पहिलो पदक जितेको थियो, त्यो पनि स्वर्ण। त्यही खुसीमा राष्ट्रिय बिदा घोषणा गरियो।
वीरगन्ज– वीरगन्जको पुरानो मिना बजारमा निर्मित नयाँ व्यवसाययिक भवनको ठेक्का लगाउन उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि त्यसक्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उक्त नवनिर्मित भवनको स्टल दिन प्राथमिकता दिने पुरानो सहमतिविपरीत उपमहानगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।
ललितपुरको जावलाखेल–लगनखेल सडक किनारमा चारपांग्रे सवारीसाधन पार्किङ निषेध गरिएको छ। बढ्दो सवारी दुर्घटना र सडक जाम मध्यनजर गर्दै ललितपुर ट्राफिक प्रहरी कार्यालयले त्यस क्षेत्रमा चारपांग्रे सवारीसाधनलाई पार्किङ निषेध गरेको हो।
'यही जुनीमा यहाँसम्म बाटो बन्छ र मोटर देख्न पाउँला भन्ने लागेकै थिएन तर मेरो सपना आज पूरा भयो,' जाजरकोट चौरजहारीदेखि सडक उद्घाटनको रौनक हेर्न पुगेका धर्म बोहोरा (८०) ले नागरिकसँगखुसी साटे, 'तपाईंहरूलाई धेरै धन्यवाद, अझै राम्रो गर्नुहोला।'
सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।
इटाली— एक कार्गो जेट विमान धवनमार्गबाट अनियन्त्रित भई विमानस्थल नजिकैको सडकमा दुर्घटनाग्रस्त भएको छ। पेरिसबाट इटालीको ब्रमेगो विमास्थलका लागि उडेको एएसएल विमानको बोइङ ७३७—४०० अवतरणका क्रममा विमानस्थलको धवनमार्गबाट अनियन्त्रित भई विमानस्थल नजिकैको सडकमा दुर्घटनाग्रस्त भएको हो अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।
पाँचथर– वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग ३ दिनदेखि अवरुद्ध भएको छ। सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् ।
आठपटक आमरण अनशन बस्दा पनि माग सुनुवाइ नभएपछि मेडिकल शिक्षा क्षेत्रका विकृतिविरुद्ध लड्दै आएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अभियानको नेतृत्व लिँदै सडकमा आएका छन्।
स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर अनसन बस्दै आएका डा. गोबिन्द केसी शनिबार हजाराैं समर्थकसहित सडकमा उत्रिएका छन्। यो साता उनले १६ दिने अनसन तोडेका थिए। केसी सडकमा उत्रिने थाहा पाएपछि हजाराैं समर्थक माइतीघर मण्डलामा जुटेका छन्।