१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अकाशमै जहाजको ढोका खुलेको भन्ने कुरा गलत होः धनगढी विमानस्थलका प्रमुख

काठमाडाैंबाट धनगढी आईरहेको श्री एयर लाइन्सको जहाजको ढोका आकाशमै खुलेको भन्ने कुरा गलत भएको धनगढी विमानस्थलले जनाएको छ।

यात्रुलाई विमानस्थलमै रोक्ने कर्मचारी कारबाहीमा

टिकट काटेर जहाज चढ्न गएका यात्रुलाई विमानस्थलमै रोक्ने नेपाल एयरलाइन्सका एक कर्मचारीलाई पर्यटन मन्त्रालयले कारबाही गरेको छ।

त्रिभुवन विमानस्थलमा भोलि बिहान १ बजेदेखि ७ बजेसम्म जहाज उडान–अवतरण नहुने

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

फ्रिक्वेन्सी क्षमता घटाएर त्रिभुवन विमानस्थल सुचारु गरियो (अपडेट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्राेल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थल व्यवस्थापनले फ्रिक्वेन्सी क्षमता घटाएर काम सुचारु गरेको छ।

विमानस्थलका नीलगाई स्थानान्तरण

सुरक्षित आश्रयस्थल बनाएर बसिरहेका २ वटा नीलगाई पर्सा वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विमानस्थलले जनाएको छ।

पैसा आएपछि गौतमबुद्ध विमानस्थलकाे आन्दोलन स्थगित

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने माग राख्दै सोमबारदेखि जारी आन्दोलन स्थगित भएको छ। तत्काल मुआब्जा वितरणका लागि रु दुई अर्ब आयोजनामा आएपछि आन्दोलन स्थगित गरिएको आन्दोलनरत पक्षले जनाएको छ।

विमानस्थलकाे काममा ढिलाइ

सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क विमानस्थल कालोपेत्रको काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । म्याद गुज्रिनै लाग्दा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित विमानस्थलको कटिङ, फिलिङ, ग्याबिन, मेसिनरी, सब–बेस लगायत काम मात्र सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताए।

वैकल्पिक विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्न काभ्रेपलाञ्चोक जिल्लामा वैकल्पिक विमानस्थल बनाएर आन्तरिक उडानका विमान व्यवस्थापन गर्ने योजना बनाएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक फिर्ता बोलाइए

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई फिर्ता बोलाएको छ । त्रिभुवन विमानस्थलको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले घुस खाँदा २२ नेपाली अलपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली अजमानमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति २ लाख देखी ५ लाख रुपैयाँ बुझाएर आएका उनीहरु दुई महिना देखी युएईको अजमानमा अलपत्र परेका हुन ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्र तानिए

गत शनिबार लुक्ला विमानस्थलमा भएको समिट एयरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ।

विमानस्थलका एसएसपी हेडक्वार्टर तानिए

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वार्टर तानेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विमानस्थलकाे 'सेटिङ' छानवीन गर्न समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको मिलेमतोमा भइरहेको मानव तस्करीको घटना अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मिङ्मार लामाको नेतृत्वमा पाँच सदस्यीय छानवीन टोली गठन गरेको छ।

त्रिभुवन विमानस्थलका होर्डिङ बोर्ड हटाउने तयारी

काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ। राजधानीलाई कुरुप पार्दै विभिन्न कम्पनीले विमानस्थल परिसरमा वर्षौंदेखि आफ्ना उत्पादनको विज्ञापन गर्न होर्डिङ बोर्ड राख्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्