१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

फ्रिक्वेन्सी क्षमता घटाएर त्रिभुवन विमानस्थल सुचारु गरियो (अपडेट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्राेल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थल व्यवस्थापनले फ्रिक्वेन्सी क्षमता घटाएर काम सुचारु गरेको छ। 

फ्रिक्वेन्सी डाउन भएपछि दिउँसो करिब १ बजेदेखि विमानस्थलको आवागमन र प्रस्थानमा करिब समस्या आएको थियो। विमानस्थल केही बेर ठप्प भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले फ्रिक्वेन्सीमा समस्या आएपछि करिब आधा घण्टा मात्र आवागमन र प्रस्थानमा समस्या आएको दाबी गरे। 

‘करिब आधा घण्टा समस्या आएको थियो। अहिले पूर्ण रूपले समाधान भइसक्यो’, उनले नागरिक न्युजसँग भने। तिवारीका अनुसार हाललाई फ्रिक्वेन्सीको क्षमता घटाएर काम गरिएको छ। समस्या पूर्ण रूपले समाधान भइसकेको दाबी तिवारीले गरे। उनले विमानस्थल सुचारु भएको पनि बताए । 

प्रकाशित: ५ वैशाख २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App