१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थलमा भोलि बिहान १ बजेदेखि ७ बजेसम्म जहाज उडान–अवतरण नहुने

फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घन्टा बन्द हुने भएको छ।  बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गरिने भएकोले उडान र अवतरण बन्द गरिनेछ। यो अवधीमा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण हुने छैन।  

'हामीले विद्युत आपूर्ति ब्याकअपको लागि यूपीएस जडान गर्दै छौं। त्यसको लागि केही घन्टा बन्द गर्नुपर्ने भएर हो। रातिको अन्तर्राष्ट्रिय उडानको तालिका मिलाइसकेको छौं। बिहान चाही अरु समय ६ बजे हुन्थ्यो भोलि एक घन्टा ढिला हुन्छ। त्यसको सूचना सर्वसाधारणलाई दिएको हो। त्यति हो।' महानिर्देशक तिवारीले भने।  

मंगलबार पनि विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी एक घण्टा डाउन  हुँदा उडान र अवतरण प्रभावित बनेको थियो।  

प्रकाशित: ६ वैशाख २०८० ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App