२ मंसिर २०८१ आइतबार
image/svg+xml

भेरी नदीमा बस खस्याे, ४ जनाकाे मृत्यु

नेपालगञ्जबाट रुकुमको राडीबजार तर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रीम्नास्थित भेरी नदीमा भे१ ख १३२९ नम्बरको बस खस्न पुग्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका–५ मा बुुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सडक दुर्घटना घटाउन ठोस प्रस्ताव माग

बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने ठोस कार्यक्रम ल्याउन माग गर्दै सांसद डिला संग्रौलाले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छिन्। माओवादीले चलाएको १० वर्षे हिंसात्मक आन्दोलनमा भन्दा सडक दुर्घटनामा बढीको ज्यान गएको उल्लेख गर्दै उनले त्यसको नियन्त्रणका लागि ठोस योजना बनाउन सरकारसँग माग गरेकी छन्।

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छ।

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना

पूर्वी नेपाल र राजधानी काठमाडौंबीचको दूरी छोट्याइदिने बीपी राजमार्गमा दिनहुँ हजारौं सवारीसाधन हुइँकिन्छन्। नियमित रूपमा आउजाउ गर्ने र आवश्यक कामले हिँड्नेहरू मात्र होइन, राजधानीबाट पूर्वी भेगतिर घुम्न निस्कनेहरू पनि यही राजमार्ग हुँदै यात्रा गर्न रुचाउँछन्।

पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए

सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

इलामको देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका–१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो।

धादिङमा बस दुर्घटना, आठ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा शनिबार दिउँसो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सदरमुकाम धादिङवेशीबाट नलाङतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको ग्रामिण यातायात सहकारीको बस दुर्घटना भएको हो।

असुरक्षित स्कुल बस

चार वर्षीय अमन अर्याल द फ्युचर मन्टेश्वरीका विद्यार्थी थिए। धादिङ बैरेनीका अर्याल भरतपुर महानगरपालिका– १५, रामबागस्थित मामाघर बसेर उक्त मन्टेश्वरी स्कुलमा पढ्थे। स्कुल आउन जान उनी स्कुलकै बस चढ्थे। गत पुस ११ गते उनलाई आफूले पढ्ने स्कुलका विद्यार्थी बोक्ने ना१क ६८४३ नम्बरको बसले ठक्कर दियो। बसबाट ओर्लेर घर जानेक्रममा बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। ठक्करबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भयो।

कारको ठक्करबाट एकको मृत्यु

कलैया उपमहानगरपालिका १६ उत्तर झिटकैयामा बिहीवार भएको सडक दुर्घटनामा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा १४ यात्रु घाइते

तनहुँमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। बिहीवार पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ धयरेमा दुर्घटना भएको हो।

जिप दुर्घटनामा २ जनाको मुत्यु, ५ घाइते

बुधबार साँझ जिप दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका ६ जालभज्याङ्गमा जिप पल्टदाँ बन्दीपुर गाउँपालिका ५ झारगाउँका ५० बर्षीय मनबहादुर गुरुङ्ग र ४५ बर्षीया चीजमाया गुरुङ्गको मृत्यु भएको हो।

पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण, पटकपटक सवारी दुर्घटना, मर्मतको पहल हुन सकेन

राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गका अधिकांश पुल जीर्ण बनेका छन्। पुलमा यात्रा गर्दा पनि हल्लिएर आवाज आउने भएपछि यात्रा जोखिमपूर्ण बनेको यात्रुको भनाइ छ। थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाको सिमानामा रहेको गणेशखोलाको पुल जीर्ण अवस्थामा छ।

युएनडिपीको गाडी दुर्घटनामा एकको मृत्यु, ५ घाइते

नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ आरुखर्क सालघारीमा मंगलबार साँझ युएनडिपीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीका चालक सर्लाही परवानीपुरका २४ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा. ३ च ५७११ नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्