२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

क्यालिफोर्निया - एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ।

बर्षाका कारण विमानस्थलकाे धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएकाे प्रत्यक्षदर्शीले बताए। विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ। मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका छन्।

सेस्ना ४१४ ए नम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले जानकारी दिए।

प्रकाशित: २१ माघ २०७५ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App