९ आश्विन २०८१ बुधबार
image/svg+xml

माओवादीको भविष्य उज्ज्वल छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।

प्रधानमन्त्री र डा. रुइतबीच भेट: तिलगङ्गालाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

आत्मनिर्भर अर्थतन्त्र विकासकाे लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

उनले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको वीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’

बेलायती राजदूत पाेलिट र प्रधानमन्त्री दाहाल बीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेट गरेकी हुन्।

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई प्रचण्ड विश्वास

संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्।

म निषेध र अपमान होइन, सहकार्य र आपसी विश्वासको राजनीतिका लागि प्रतिवद्ध छुः प्रधानमन्त्री

मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रचण्डले म निषेध र अपमान होइन, सहकार्य र आपसी विश्वासको राजनीतिका लागि प्रतिवद्ध भएको बताएका हुन्।

विश्वासकाे मत दिने निर्णयमा कांग्रेसका २ महामन्त्रीसहित ४ जनाकाे असहमति

काँग्रेस संसदीय दलको बैठकमा विश्वासको मत दिने विषयमा छलफल हुँदा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति व्यक्त गरेका हुन्।

प्रचण्डको अनिश्चित भविष्य

ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्‍यो।

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा

सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो।

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।

कर्णालीमा तुहाईएको सिंजा सभ्यता संरक्षण विधेयक संघीय सरकारले अगाडि बढायो

यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई तुईएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो। शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्