८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु भएका तीनै जना नेपालीको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समवेदना प्रकट गरेका छन्। सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।  

उनले लेखेका छन्,‘भारतको गुजरातबाट लखनउतर्फ यात्रारत बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको छ। दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

बस दुर्घटनामा परी मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेको छन्।

प्रकाशित: २५ पुस २०७९ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App