२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

अखाद्य वस्तु भेटिएपछि दुई उद्योगलाई साढे दुई लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग विभागलाई साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले काठमाडौं र ललितपुरको एउटा÷एउटा उद्योगलाई जरिवाना गरेको हो ।  

विभागले काठमाडौंको नागार्जुन नगरपालिका–४ सितापाइलास्थित स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेकोमा ललितपुर महानगरपालिका–२९ ललितपुरको अयान एग्रो ट्रेडर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।  

विभागले सोमबार र मंगलबारको बजार अनुगमनका क्रममा दुवै उद्योगमा अखाद्य वस्तु फेला परेपछि जरिवाना गरेको जनाएको छ ।  

विभागले ललितपुर महानगरपालिका–८ ललितपुरमा रहेको जुना ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धी कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ ।  

विभागले अनुगमनका क्रममा दुई दिनमा २२ वटा उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ ।  

विभागले उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन ÷कारबाही गरिएको जनाएको छ । 

प्रकाशित: १३ माघ २०८२ १९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App