१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बुढीगण्डकी आयोजना छिटो बनाउन दलहरुको दबाब

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो गर्न सरकारलाई गोरखाका राजनीतिक दलहरुले आग्रह गरेका छन्। लामो समयदेखि प्रभावित, बिस्थापितलाई अन्यौल पारेको, आयोजनामा कामले गति नलिएको, बजार क्षेत्रको मुआब्जा अहिले सम्म निर्धारण नभएको विषयमा दबाब दिन दलहरु एकमेठ भएका हुन्।

चौतर्फी दबाबपछि मन्दिरको आयव्यय सार्वजनिक

सर्वत्र चासोको रूपमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको आयव्यय सार्वजनिक गरिएको छ। मन्दिरको सम्पत्तिबारे चौतर्फी रूपमा चासो र दबाब बढेपछि शनिबार औपचारिक रूपमा मन्दिरको आयव्यय सार्वजनिक गरिएको हो। मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको नाममा रहेको तथ्य नागरिक दैनिकले एक महिनाअघि बाहिर ल्याएको थियो। बागेश्वरी गुठी व्यवस्थापन समितिले राष्ट्रिय गुठी संस्थानका पदाधिकारी, जिल्लाका सरोकारवाला, सर्बसाधारणलगायत समक्ष आफ्नो आय व्यय सार्वजनिक गरेको हो।

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

‘पार्टी र सरकार उत्तिकै जिम्मेवारीबोधका साथ सञ्चालन गर्नुपर्ने विषय हुन्। त्यसकारण पार्टी र सरकारको कार्यविभाजन गर्दा एकले अर्कालाई सुझाव र सहयोग दिने गरी ठोस कार्यविभाजन गर्दा राम्रो हुन्छ’, पौडेलले भने।

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ। उक्त खण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो।

महाधिवेशनको मिति तोक्न कांग्रेस केन्द्रीय सदस्यहरुको दबाब

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

बिषादी परीक्षण भारतको दबाबमा रोकिएको होइन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ल्याइने तरकारीको बिषादी परीक्षण भारतको दबाबका कारण नरोकेको स्पष्ट पारेका छन्। उनले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगित गरेको बताए।

विषादी जाँच नगर्न भारतीय दबाब

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको छ।

‘यौनधन्दा’ नियन्त्रण गर्न दबाब

छ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापाक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो। प्रहरीले बेलाबेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन।

फिर्ता लिन प्रधानमन्त्रीलाई आफ्नै सांसदको दबाब

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदले जोड दिएका छन्।

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

विश्वविद्यालयको जग्गा राजनीतिक दबाबमा क्रिकेट मैदानलाई

कृषि तथा वन विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउका लागि जग्गा उपलब्ध गराउने उपकुलपतिको प्रस्ताव कुलपति एवं प्रधानमन्त्री अस्वीकृत गरे पनि राजनीति दलको सर्वपक्षीय सहमतिमा उक्त संस्थालाई जग्गा उपलब्ध गराइएको छ।

फोनबाट ‘लभ’ पर्‍यो, बिहे गर्न नमान्दा प्रेमिकाले झापड हानेपछि...

रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौलीकी १८ वर्षीय सवनाम निशा गत बैशाख ३० गतेदेखि हराइरहेकी थिइन्। आफ्नै घरबाट बेपत्ता उनी जेठ १ गते विहान नजिकैको रुपन्देही कपिलवस्तुको सीमा सुख्खा खोला नजिक मृत अवस्थामा फेला परिन्। सवनामका पिता मोहम्मद ईसहाकले छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थाल्यो।

‘आयोगका पदाधिकारी दबाबमा सिफारिस नगर्नु’

संक्रमणकालीन न्याय टुंगाउन बनाइएका दुई आयोगका पदाधिकारी सिफारिस गर्दा कसैको दबाब र प्रभावमा नपर्न समितिका सदस्यलाई दलका नेता, द्वन्द्वपीडितले सुझाव दिएका छन्। द्वन्द्वपीडित साझा चौतारीले आइतबार काठमाडौंमा गरेको पीडित केन्द्रित संक्रमणकालीन न्यायका लागि कानुनको संशोधन र आयोगको पुर्नसंरचना विषयक अन्तक्र्रियामा दुई आयोग गठन गर्दा विगतबाट पाठ सिकेर योग्य व्यक्ति सिफारिस गर्न पीडितले आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्