१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वरिष्ठता मिचेर सिफारिस

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ । राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा निर्विकल्प रूपमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ । ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो ।

चोरी बढेपछि प्रहरीमाथि दबाब

वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।

भारतले अन्तर्राष्ट्रिय बैठकमा पाकिस्तानविरुद्ध दबाब दिने

आतंकवादीलाई आर्थिक सहयोग गर्ने राष्ट्रको सूचीमा पाकिस्तानलाई पनि राख्न भारतले दबाब दिने भएको छ।

प्रोत्साहन भत्ताका लागि अख्तियारको दबाब

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रोत्साहन भत्तालाई निरन्तरता दिन सरकारमाथि दबाब बढाएको छ। यसअघिदेखि नै संघीय संसद् सचिवालयबाट पनि भत्ताको निरन्तरताका लागि दबाब आइरहेको छ। संसद् सचिवालयका कर्मचारीले औपचारिक रुपमा आन्दोलनै घोषणा गरेपछि अन्य निकायले पनि प्रोत्साहन भत्ता लिन दबाब बढाएका हुन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव रामेश्वर दंगालले अन्य सरकारी कार्यालयभन्दा अख्तियारका कर्मचारीले बढी काम गर्नुपर्ने भएकाले प्रोत्साहन भत्ता माग गरिएको बताए।

पदाधिकारीकै निजी कलेज

कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको लगानी र संलग्नतामा निजी कलेज सञ्चालनमा रहेको पाइएको छ। पदाधिकारीले आफ्नो लगानीका कलेजमा बढी ध्यान दिने भएकाले विश्वविद्यालय विवादको भुमरीमा पर्नुका साथै शैक्षिक गतिविधि खस्कँदै गएको छ। जसको फाइदा तिनै पदाधिकारीका निजी कलेजहरुलाई भएको छ।

‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै, थ्री स्टारलाई जित्नैपर्ने दबाब

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार (आज) दुई खेल हुँदैछन्। बिहान ११ बजे हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने आजको पहिलो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

राजधानीको निर्णय फिर्ता लिन चौतर्फी दबाब

राजा वीरेन्द्रले २०३८ सालमा पाचौं विकास क्षेत्रको रूपमा ९ जिल्ला रहेको सुदूरपश्चिम बनाएपछि यसको सदरमुकाम दिपायल तोकेको थियो । ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि बोकको दिपायल भौगोलिकरूपमा पायक पर्ने ठाउँ थियो।

युनाइटेडको हारसँगै माउरिन्होलाई थप दबाब

लगातारको खराब नतिजा र मिडफिल्डर पाउल पोग्बासँगको चिसो सम्बन्धका कारण दबाबमा रहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो शनिबार इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ३–१ को नतिजा सुम्पिएपछि थप दबाबमा परेका छन्।

लिग कपबाट बाहिरिएपछि युनाइटेडलाई थप दबाब

डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ८–७ को नतिजा सुम्पँदै इङ्लिस लिग कपको तेस्रो चरणबाट बाहिरिएसँगै म्यानचेस्टर युनाइटेडमाथिको दबाब थप बढेको छ।

अतिरिक्त पाँच अर्ब प्रस्ताव, प्रस्ताव स्वीकृत गर्न सरकारमाथि सेनाको दबाब

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्र्याकअन्तर्गत दुई अतिरिक्त सुरुङ थप्न र सुरुङ विस्तार गर्न प्रस्ताव अघि सारेको छ । कमजोर भौगोलिक अवस्था र कान्ति राजपथसँगको मार्गरेखा मिलाउन भन्दै सेनाले सुरुङ थप्न प्रस्ताव गरेको हो।

रोनाल्डोको आगमनले दबाबमुक्त : बोनुची

युभेन्ट्सका रक्षक लियानार्डो बोनुचीले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आगमनपछि च्याम्पियन्स लिगका आगामी सिजनहरूमा रियाल मड्रिडको सामना गर्दा आफ्नो टोली पहिलेको जस्तो दबाबमा नरहने बताएका छन्।

द्वन्दपीडितको नक्कली सिफारिस बनाइदिन दबाब

मंगलबार सत्रमा राष्ट्रिय ट्रमा सेन्टरको बहिरंग विभागमा डा. भोजराज अधिकारी बिरामी जाँचिरहेका थिए। करिब ११ बजेतिर तीन जना व्यक्ति सरासर उनको कार्यकक्षमा आए। सो समूहमा एक महिला र दुई पुरुष थिए।

म्याराडोनाको इच्छाले साम्पोलीलाई दबाब

डिएगो म्याराडोनाले बिनापारिश्रमिक पुनः अर्जेन्टिनाको प्रशिक्षक बन्ने इच्छा देखाएपछि जर्ज साम्पोलीमाथि दबाब बढेको छ।

स्थायी राजधानी हेटौंडालाई तोक्न दबाब

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्नेमा मकवानपुरका प्रदेश साँसद, राजनीतिक दलका नेता, जनप्रतिनिधी र नागरिक समाजका अगुवाले दबाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्