कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन
कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।
कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो।
गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’
जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ। जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ)ले उक्त तालिमको आयोजना गरेको हो।
कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन्। उनलाई पसले साहु ५१ वर्षीय नमराज शाहीले कुदृष्टि राख्छन् र अनैतिक कार्य गर्न खोज्छन्। किशोरीले प्रतिकार्य गर्न खोजे पनि अन्ततः आफ्नो अस्मिता लुटिँदाको साक्षी आफैं बन्छिन्। यो घटनाक्रम यतिमै रोकिन्न।