२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिन्धुपाल्चोकमा मात्रै दुई महिनामा पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।

घुम्थाङ पहिरो : मृतक १४ पुगे, १७ अझै बेपत्ता

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्।

पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको मृत्यु

फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

बागलुङमा पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

‘हिउँदमा खसेको सुख्खा पहिरो नजरअन्दाज गर्दा क्षति’

गाउँमाथिबाट खसेको ढिस्कोका कारण पहिरो खस्दा आइतबार बाह्रविसे नगरपालिका–७ घुम्थाङको तीन बस्तीका ११ को ज्यान लिएको छ। पहिरोमा २० स्थानीय हराइरहेका छन्। प्रहरीका अनुसार पहिरोमा परी स्थानीय भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तिका ६ महिला, तीन पुरुष र एक/एक बालक तथा बालिकाको मृत्यु भएको हो।

घुम्थाङ पहिरो: सभामुख सापकोटा घटनास्थलमा

घुम्थाङ पहिरोले पु-याएको जनधन क्षतिको अवस्था अबलोकन गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा घटनास्थल आइपुगेका छन्। घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।

घुम्थाङ पहिरोः पाँच जनाकाे शव फेला, २६ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।

बाह्रबिसेमा भीषण पहिरोः तीन जनाको शव फेला, २४ जना बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ भुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पहिरोमा कम्तीमा २४ जना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकमा भीषण पहिरोः ९ घर पुरिए, दर्जनौं बेपत्ता

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका अन्तरगत भिरखर्कमा ठूलो पहिरो गएको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाकाअनुसार वडा नम्बर ७ मा पर्ने गाउँका पहिरोमा परी ९ वटा पूर्ण रुपमा क्षति भएका छन् भने २०/२५ जना बेपत्ता भएको अनुमान छ।

पहिरोले घर च्यापिदा एकै घरका दुई बच्चाको मृत्यु

पुर्बि रोल्पाको लुङग्री गाउँपालिका १ ऐपेमा गए राति १२ बजेतिर घरगोठ माथिबाट ढुंगा सहितको पहिरो आउदा दुई बच्चाको मृत्यु भएको छ ।

‘सतर्कता अपनाए क्षति टर्छ’

म्याग्दीका तत्कालीन प्रजिअ टेकबहादुर केसीको पूर्वसतर्कता र सक्रियताले २०७२ जेठ ८ मा गएको पहिरोबाट बैसरी र राम्चे औलका करिब डेढ सयजनाको ज्यान जोगिएको थियो।

ताप्लेजुङको तेल्लोकमा पहिरोले पावर हाउस पुर्‍यो,२ कर्मचारी बेपत्ता

गएरातिबाट परेको अबिरल बर्षाका कारण खसेको पहिरोले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकमा रहेको नागदेवा जलबिद्युत आयोजनाको पावरहाउस परेको छ भने त्यहाँ कार्यरत २ जना कर्मचारी बेपत्ता भएका छन्।

जोखिम थाहा भयो, तर बस्ती सारिएन

बागलुङको ढोरपाटन नगरपालिकाभित्र विभिन्न वडाका बस्तीमा ठूलो आकारमा भौतिक र मानवीय क्षति पु¥याउने गरी बुधबार राति स्थानीय भुजीखोलामा भीषण बाढी आयो। अकल्पनीय रुपमा आएको बाढीमा हराएका धेरै स्थानीयको अझै अत्तोपत्तो छैन। खोजी जारी रहे पनि भेटिएका छैनन्।

बागलुङको ढोरपाटनमा भीषण बाढीः चार जनाको शव भेटियो (अपडेट)

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङमा अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छ भने १५ जना बढी बेपत्ता भएका छन्।

बागलुङमा बाढीले २ दर्जन घर बगायो, १७ जना बेपत्ता

बागलङको भूजिखोलाको शीर देउरालीमा गएराति ठूलो पहिरो गएको छ। पहिरोसँगै आएको बाढीका कारण १७ जना बेपत्ता भएका छन् भने दुई दर्जन घर बगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्