२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्नुपर्छ : शिक्षाविद्

अध्यादेश जारी गरेर सबैको सहमतिमा एसईईलाई स्कूलमार्फत् नै गर्न दिन डा. कोइरालाले सुझाव दिए। ‘अबको शिक्षा ऐनमा एसईई परीक्षा खारेज गर्नेबारे लबिङ गर्न जरुरी भएको छ’ उनले भने।

एसइई: ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

आन्तरिक मूल्यांकनबाट परीक्षाफल सार्वजनिक गर्दै स्थानीय तह

कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा शैक्षिक कार्यतालिका नै प्रभावित हुने अवस्था आएपछि खोटाङका स्थानीय तहले २०७७ सालको शैक्षिक नतिजा प्रकाशनका लागि आ–आफ्नै विधि अपनाउने तयारी गरेको छ ।

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस पटक पनि कोभिड संक्रमणको उच्च जोखिम बढ्दै गएकाले एसइई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि एजाजत खुला गरिएको थियो।

वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन्।

कक्षा ८ को वार्षिक परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न निर्देशन

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ।

एसईई र १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको जोखिमका कारण स्थगित भएका कक्षा १० को अन्तिम परीक्षा एसईई र कक्षा १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्ने बताएका छन्।

एसईईबारे चाँडै निर्णय गर्नेः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसइई) र १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णय गर्ने बताए।

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्।

सिटिइभिटीका सबै परीक्षा र तालिम स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) का सबै परीक्षा र तालिम स्थगित गरिएकाे छ।

कोरोनाका कारण स्थानीय तहको परीक्षा स्थगित

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय तहका सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

धरानमा सबै परीक्षा स्थगित

आजदेखि कक्षा ५ देखि माथिको परीक्षा लिने तयारी गरेपनि चौतर्फी आलोचना भएपछि धरान उपमहानगरपालिकाले स्थगित गरेको छ।

त्रिविका सबै परीक्षा स्थगित

वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा. टेकराज ज्ञवालीले सूचना सार्वजनिक गरीनै सूचित गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्