२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कक्षा १२ को मात्र परीक्षा रोक्नु उचित होइन: सांसद पौड्याल

राष्ट्रिय सभा सदस्य उदया शर्मा पौड्यालले पूर्व तयारी बिना राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको बताएकी छन्।

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने

नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्वविद्यालयलगाएत देशभरिका विश्व विद्यालयहरुका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।

अध्याँरो सुरुङमा छिर्दैनौँ

एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।

खोप उपलब्ध गराएर मात्र परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगितले थप अन्योल

एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्।

एसईई परिणाम र १२ को स्थगित परीक्षा

यसपटक ५ लाख १७ हजार विद्यार्थी एसइइमा सामेल भएकामा ४ लाख ८४ हजारको मूल्यांकन प्रमाणित भयो। बाँकी ३३ हजार कता हराए ? विद्यालयले रेकर्ड पठाउन छुटायो वा उनीहरू कोभिडको मारमा जीवन निर्वाहका लागि पढाइ छाडेर कामको खोजीमा लागे ?

बंगलादेशमा अध्ययनरत मेडिकलका विद्यार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका अध्यक्ष नवीन यादवको नेतृत्वमा पीडित विद्यार्थीहरुले प्रधानमन्त्री देउवालाई भेटेर ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।

कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार कोभिडको उच्च जोखिम बढ्दै गएकाले परीक्षा स्थगीत गर्नु परेको हो।

एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

‘स्कुलदेखि नै कुनै पनि विषय बुझेर अनि बुझेको कुरा लेखेर अध्ययन गर्ने बानीले मलाई सफल हुन सहयोग गर्‍यो । कक्षा नियमित जान्थें। शिक्षकले पढाएको विषयलाई फेरि आफैंले बुझेर पढ्थें । पढाइलाई सहयोग गर्ने विज्ञानका किताब बढी पढ्ने मेरो बानीले धेरै सहयोग गर्‍यो।’

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने

कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको हो। सिफारिशलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।

परीक्षा दिँदै सात दिनकी सुत्केरी

विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए। 'हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ', प्रअ सुवेदीले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्