७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार कोभिडको उच्च जोखिम बढ्दै गएकाले परीक्षा स्थगीत गर्नु परेको हो।

यस्तै, अब अर्को सूचना परीक्षा हुनुभन्दा १५ दिन अगाडि प्रकाशित गरिने प्रवक्ता अर्यालले बताए।

बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हाे।

कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई शुक्रबार सिफारिस गरेको थियो।

सिफारिसलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको थियो।

प्रकाशित: २३ श्रावण २०७८ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App