१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने

नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्व विद्यालय लगाएत देशभरिका विश्व विद्यालयहरुका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।

महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बुधबार नै निर्णय कार्यन्वयनकोलागि ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुलाई परिपत्र गरिसकेको जनाए।

‘साउन २७ गते मन्त्रालयमा बसेको सचिव स्तरीय निर्णय अनुसार त्रिविविलगाएत विश्वविद्यालय स्तरको विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोपको व्यवस्था गरिने निर्णय भएको छ,’ निर्देशक डा. पोखरेलले भने ‘जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरि खोपको व्यवस्था गरिने छ।’ उनले थपे ‘परीक्षार्थीलाई कोभिड १९ रोग विरुद्धको खोप एस्ट्राजेनिका वा भेरोसेलको पहिलो मात्र दिने व्यवस्था मिलाई खोप प्रदान गर्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेका छौं।’

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले हाललाई विश्व विद्यालयको परीक्षार्थीकोलागि मात्र खोपको व्यवस्थापन गरिएको जनाए। उनले कक्षा १२ को परीक्षार्थीको सवालमा कुनै निर्णय नभएको समेत स्पष्ट पारे। ‘हाल विश्व विद्यालय तहका परीक्षाहरु संचालन भइरहेका छन्,’ सचिव पोखरेलले नागरिकसँग भने ‘त्यही भएर पहिलो प्राथमिकतामा विश्वविद्यालय तहका परीक्षार्थीलाइै खोपको व्यवस्था गर्ने निर्णय गरिएको हो।’

नेपाल विद्यार्थी संघ लगाएत संयुक्त विद्याथी संगठनहरुले कोरोना संक्रमण उच्च जोखिमबीच पनि विश्व विद्यालयहरुले परीक्षा संचालन गर्दै आएमोमा खोपको माग र निःशुल्क पिसिआरको माग राख्दै आएका थिए। सोहि मागलाई सम्बोधन गरी  मन्त्रालयले हाललाई परीक्षार्थीलाई खोप दिने निर्णय गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।

‘परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा , विद्यार्थीलाई परिचयपत्रको आधारमा खोपको व्यवस्था गर्नु पर्छ,’ महामन्त्री तिमल्सिनाले नागरिकसँग भने‘ परीक्षार्थी विद्यार्थीहरुको निःशुल्क पिसिआर परीक्षणकाे पनि तत्तकाल व्यवस्था सरकारले गर्नु पर्छ।’

त्रिभुवन विश्व विद्यालय साउनको अन्तसम्म रोकिएका सबै परीक्षाहरु सक्ने तयारीमा छ। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका सह नियन्त्रक घनश्याम ठाकुरका अनुसार स्नातक तह वार्षिक प्रणालीका करिब चार लाख विद्यार्थीको परीक्षा साउन २९ गते सकिँदै छ।  

सबै भौतिका उपस्थितमै स्वास्थ्यका मापदन्ण अपनाएर सम्पन्न हुदैन छ। भने सेमेस्टर प्रणालीका स्नातकोत्तर र स्नातक तहका ६० हजार माथिका परीक्षाहरु भदौं १५ गतेसम्म संचालन हुने तय भएको छ। ‘देशको ९० प्रतिशत विद्यार्थीको भार बोकेको त्रिविमा सेमेस्टरका अब ६० हजार बढी विद्यार्थीहरु साउन २४ गतेदेखि भदौं १५ गतेसम्मको परीक्षामा सहभागिता जनाउने हाे।,’  

सह नियन्त्रक ठाकुरले नागरिकसँग भने ‘सरकारले परीक्षार्थीलाइै खोप दिने निर्णय सकरात्मक हो। ’ उनले थपे‘कोरोना उच्च जोखिममा विच परीक्षा संचालन भएको अवस्थामा खोपले धेरै सहज बनाउँछ।’ यति मात्र होइन उनले भदौं ११ गतेदेखि कानून संकायको स्नातकको आंशिको पनि परीक्षा सुरु हुने र यो तहमा करिब १० हजार विद्यार्थी रहेको पनि स्पष्ट पारे। सरकारको यस्तो निर्णयले त्रिवि लगाएत देशका सबै विश्वविद्यालयका परीक्षार्थीहरुले खोप पाउनु खुसीको विषय रहेको उनको धारणा छ।

प्रकाशित: २८ श्रावण २०७८ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App