coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगितले थप अन्योल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा विकल्प नदिई स्थगित गर्दा पौने चार लाख विद्यार्थीको भविष्य क् हुने भन्ने अन्योल सिर्जना भएको छ। विनाविकल्प परीक्षा स्थगनले परीक्षा बोर्डको परीक्षा सञ्चालनको सवालमा तयारी नै नपुगेको शिक्षाका विश्लेषकको ठहर छ। साउन ३१ गतेदेखि भाद्र ९ गतेसम्म सञ्चालन हुने परीक्षामा बोर्डले तीन लाख ७५ हजार विद्यार्थीका लागि चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकेको थियो। अर्थात् कक्षा १२ सञ्चालन हुने सबै स्कुल केन्द्र तोकिएको बोर्डको बोर्डले जनाउँदै आएको छ। अर्कोतर्फ केन्द्राध्यक्षलाई परीक्षा सञ्चालनसम्बन्धी मापदन्ड अपनाउन मास्क, सेनिटाइजर प्रयोग, समाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्नबारे केन्द्राध्यक्षलाई अभिमुखीकरण गरिसकेको थियो।  

एउटा बेन्चमा एक जना मात्र परीक्षार्थीको व्यवस्था तथा हेल्थ डेस्कको व्यवस्था गरेर पूर्ण सुरक्षित तरिकाले परीक्षा सञ्चालन भौतिक उपस्थितिमै तय गरेको थियो। धेरै स्कुलहरूले कक्षा १२ को गत साताभित्र प्रिबोर्ड परीक्षा पनि भौतिक उपस्थितमै सम्पन्न गरिसकेका छन्। तर अचानक स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको मागको आधारमा सिसिएमसीले कोभिडको उच्च जोखिम रहेकाले परीक्षा स्थगन गर्नु भनी शिक्षा मन्त्रालयमा पत्रचार ग¥यो। सोही पत्रको आधारमा बोर्डले परीक्षा स्थगन गरिदियो तर वैकल्पिक व्यवस्था नगरेकोले पौने चार लाख विद्यार्थीको भविष्य अन्योल बनेको शिक्षाविद् प्राडा टंकनाथ शर्माको तर्क छ।  

‘बोर्डसँग सातै प्रदेशमा क्षेत्रीय कार्यालय छन्। तर बोर्डले परीक्षाको विकल्प दिन सकेन। अनिश्चितकालीन परीक्षा स्थगनले विद्यार्थीको भविष्यनै अन्योल बन्यो,’ शिक्षाविद् शर्माले नागरिकसँग भने, ‘बोर्डले आफ्नो तयारी गरेर बोर्डसँग यी–यी विकल्पहरू छन्। यसरी परीक्षा गर्न सकिने भन्ने बारेमा केही बोलेन। तीन घन्टे परम्परागत परीक्षा प्रणालीबाट बोर्डमाथि उठ्न सकेको छैन। कक्षा १२ को परीक्षा अनिश्चत बन्दा विश्वविद्यालय नै बन्द भए।’ उनले बोर्डको काम गर्ने तरिका, शैली र सोच व्यवहारिक नभएको स्पष्ट भएको जनाए। ‘समस्या पर्दा विकल्प सोच्ने क्षमता बोर्डसँग नभएको देखियो,’ उनले भने, ‘केन्द्रीकृत प्रणालीले शिक्षा क्षेत्रलाई ध्वस्त बनाउँदै आएको छ।’ उनका अनुसार कोरोना महामारी फैलिएका देशहरूमा समेत शिक्षा रोकिएको छैन। नेपालमा पनि बोर्डले तथ्यांक लिएर सञ्चालन हुने ठाउँमा परीक्षा सञ्चालन गर्ने र अन्य नहुने ठाउँमा वैकल्पिक विधि अपनाएर गर्नुपर्ने उनको ठहर छ।  

अर्का शिक्षाविद् प्राडा वालाचन्द लुइँटेलले विकल्पविना बोर्डले परीक्षा स्थगित गर्नु उचित नभएको बताए। स्वास्थ्य मन्त्रालयले विद्यार्थी र शिक्षकलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गरेर भएर पनि परीक्षा सञ्चालन गुर्नपर्ने उनको सुझाव छ। ‘वैशाखमै हुुनुपर्ने परीक्षा आजको दिनसम्म तीन महिनापछि सारिएको छ। सक्ने ठाउँमा परीक्षा गरेर नसक्न्ने ठाउँमा विकल्प दिएर सञ्चालन गर्नुपर्थ्यो,’ शिक्षाविद् लुइँटेलले नागरिकसँग भने, ‘भारतीय र बेलायती बोर्डका सिबिएसई र एलेभल तथा आइभी परीक्षाहरू नेपालमा सञ्चालन भए। शिक्षकले मूल्यांकन गरेको ग्रेडलाई आधार मानेर भयो। तर राष्ट्रिय परीक्षा बोर्डले विकल्प दिन नसक्नुको मतलव बोर्डको गृहकार्य नपुगेको हो। तर शिक्षकले दायित्व पूरा नगरेको हुनसक्ने र साथै परीक्षा प्रणालीले पनि राम्रो काम गरेको देखिएन।’  

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सञ्चालन संघ हिसानका केन्द्रीय उपाध्यक्ष स्वागत श्रेष्ठले निजी विद्यालयले कक्षा ११ को परीक्षा भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका सबै मापदन्ड अपनाएरै सञ्चालन गरेको बताउँदै कक्षा १२ को समेत प्रिबोर्ड परीक्षा सम्पन्न गरिसकेको जनाए।  

‘कोरोनाको निहुँमा कक्षा १२ को परीक्षा कुनै पनि अवस्थामा आन्तरिक मूल्यांकनबाट गर्नु हुँदैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘विश्वविद्यालयको प्रवेशद्वार कक्षा १२ भएकोले बोर्डले वैकल्पिक विधि अपनाएर पनि परीक्षा सञ्चालन गर्नुपर्छ। परीक्षा स्थगनले विद्यार्थीलाई मासिनक तनाव भएको छ। बोर्डले अगामी भविष्यको परीक्षाको कुनै योजना नै नदिएर परीक्षा स्थगन गर्नु हुँदैनथ्यो।’  बोर्डका सदस्य सविच दुर्गा अर्यालले साउन महिनाभरि बोर्डले कोरोना जोखिमको अवस्था हेरेर मात्र अर्को निर्णय गर्ने जनाए।

प्रकाशित: २६ श्रावण २०७८ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App