१५ असार २०८१ शनिबार
image/svg+xml

जसपामा किचलो: सहमतिमै छुट्टिने

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र सहमति) भएको छ।

दलहरूको चुनाव प्रचारप्रसार उत्कर्षमा

आसन्न स्थानीय तह निर्वाचन आउन साता दिन मात्र बाँकी रहँदा दलहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन्।

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।

चन्दननाथमा मेयर उपमेयर विवाद उत्कर्षमा

उपमेयर अप्सरादेवी न्यौपाने तीन वर्ष सम्मको सार्वजनिक सुनुवाइ नगरेको, मनपरी रुपमा योजना छनौट गरेको, योजना अनुगमन नभइकन भुक्तानी हुने गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएको आरोप लगाउँछिन्।

एमाले विवाद उत्कर्षमा

राष्ट्रिय सभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई नेपाल समूहले असहयोग गरेपछि पराजित भएका छन्। यसबाट पार्टीभित्र मत्थर हुन खोजेको विवाद फेरि उत्कर्षमा पुगेको छ।

दुवै पक्ष देशव्यापी गुट भेलामा

ओली पक्षले मदन भण्डारी फाउन्डेसनमार्फत गुट भेला गर्दै आएको छ। पार्टीभित्र विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनका नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ।

चीन र ताइवानबीचको विवाद उत्कर्षमा

–चीनका केही सैन्य जहाज गत सोमबार दक्षिण चिनियाँ सागरभित्र पसेपछि विवाद बढेको छ। चीनले सो रुटमा आफ्ना सैन्य जहाजले सामान्य अभ्यास गरेको जनाएको छ। तर चीनको सो कमदप्रति ताइवानले भने आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा

सिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा परिवारका सदस्यलाई घर फर्किन आग्रह गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।

भारत–पाकिस्तान विवाद उत्कर्षमा

काश्मिरको उडी क्षेत्रमा भएको हमलामा आफ्ना १८ सैनिक मारिएपछि भारत र पाकिस्तानको तनावले अझै उग्र रुप लिँदै गएको छ। भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानले आतंकबादलाई संरक्षण तथा प्रोत्साहान गरेको भन्दै उसलाई आतंककारी राष्ट्र घोषणा गर्न दस्ताबेज पेश गरेपछि पाकिस्तान भारतसँग झनै चिडिएको छ।

फाेरम लाेकतान्त्रिककाे 'सत्ता विवाद' उत्कर्षमा

सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो ।

इराक–साउदी अरबबीचकाे विवाद उत्कर्षमा

इराकको विदेश मन्त्रालयले साउदी अरबलाई आफ्नो राजदूत फिर्ता लान आदेश दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे साउदी राजदुत तमर अल–सहबानले इराकबो बारेमा विवादित बयान दिएको भन्दै तत्काल उनलाई फिर्ता बोलाई उनको स्थानमा नयाँ राजदूतलाई पठाउन आग्रह गरेको हो

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ। पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको जनाएको छ।

नेविसंघ विवाद उत्कर्षमा, पौडेल पक्षले मतदानमा भाग नलिने

सभापति शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै नेविसंघको जारी महाधिवेशनमा नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने भएको छ। आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने भएको हो।

चीन–जापानबीचकाे विवाद उत्कर्षमा

चीनले लडाकु जेट र बम्बरहरु विवादित साउथ चाइना सीस्थित टापुमा पठाएपछि जापान र चीनबीच विवाद बढेको छ । उक्त स्थल जापानी नियन्त्रणमा छ तर चीनले पनि आफ्नो हो भनी दावी गर्दै आएको छ । चीनले २३९ वटा पानीजहाजको समुह सेनक्याकु क्षेत्र नजिक लगेपछि तनाव बढेको हो । बेइजिङले त्यसलाई ड्यायोयु टापु नाम दिएको छ । बेइजिङले गत महिनादेखि उक्त क्षेत्रमा हवाई निगरानी बढाएको हो ।

दुई राप्रपाबीच विवाद उत्कर्षमा

केन्द्रीय कमिटी बैठकबाटै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति जुटाइसकेका राप्रपा नेपाल र राप्रपाबीच विवाद उत्कर्षमा पुगेको छ। विवादकै कारण दुवै दलबीच एकीकरण सम्भावना क्षीण हँुदै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्