२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बन्छः महानिर्देशक अधिकारी

निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे। उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए।

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

'स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको छः पर्यटनमन्त्री

उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताए। मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए।

संस्कृति संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्।

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका थिए।

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छु' उनले भने।

कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई सम्मान

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पालुङटार एयरपोर्टको काम अलपत्र, सडक बन्यो बाधक

‘वडा र नगरपालिकाले सडक जसरी पनि चाहिन्छ भनेर पत्राचार गर्नुभएको छ’ उपप्रवन्धक बुलले भने ‘नागरिक उड्डयन प्राधिकरणको जग्गा बाटोका लागि उपलब्ध गराउन मन्त्रिपरिषद्को निणर्य चाहिने भएकाले पर्यटन मन्त्रालयमा पठाएका छौँ।’

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यमः पर्यटनमन्त्री श्रेष्ठ

'मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।'

पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ: मन्त्री श्रेष्ठ

'पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ। विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन। सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ।'

मन्त्री श्रेष्ठद्वारा स्वयम्भू महाचैत्यको परिक्रमा

एक महिना मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ।

पर्यटनमन्त्रीलाई सर्वोच्चले बोलायो

सर्वोच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन र मन्त्रालयका सचिवलाई सबै बेहोरा खुलाई लिखित जवाफ पेस गर्न बिहीबार आदेश गरेको हो।

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ।

फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।

भ्रमण दशक घोषणाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै भ्रमण दशक तयारी गरिरहेको जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्