२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

मन्त्री श्रेष्ठद्वारा स्वयम्भू महाचैत्यको परिक्रमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गरेको छ।

एक महिना मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ। यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भू भगवान्को दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गरेको हो।

यो पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए। काठमाडौँको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ। ‘गुँला’ महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछिपछि भक्तजन रहने गर्दछन् । यस पर्वले विभिन्न बाजालगायत संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको चर्चा गर्दै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। 

प्रकाशित: २३ श्रावण २०७९ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App