२० आश्विन २०८१ आइतबार
image/svg+xml

पर्यटन प्रवर्धन गर्न म्यूजिक भिडियो

ताप्लेजुङको कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ तयार भएको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘छचल्का’ लघुकथासङ्ग्रहमा विद्रूप वर्तमानको संश्लेषण

रघुले केही फलाक्दै बोकाको शरीरमा पानी छ्याप्यो। बोकाले शिर हल्लायो र मार हान्नेले एकै चोटमा छप्कायो। त्यसपछि छटपटाइरहेको रगताम्मे बोको लिएर बाहिरियो। केही पर पुगेपछि रघुतिर फकेर रोबर्टले भन्यो– ‘रघु, तपाईंले धर्म गर्दा त यस्तो हुन्छ, पाप नै गर्दा कस्तो होला ?’

म मरे पनि

एउटा गीत,बराबर जनमानसको,नशा–नशामा तरङ्गित हुन्छ, एक यो सिमानाको गीत, माटोको गीत, मुटुको गीत, देशको गीत, यो कुनै सिमापारिको गीत होइन, पराइ भूमिको गीत पनि होइन, यो आफ्नै जन्मभूमिको गीत हो, म मरे पनि मेरो देश बाँचिरहोस्।

नियात्राकार राजकर्णिकारलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ सम्मान

‘पवित्रा ढकाल स्मृति कोष’ ले वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई यस वर्षको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार समर्पण गर्ने भएकाे छ।

वरिष्ठ कलाकार चराविद् पौडेललाई अर्पिइयाे श्रद्धाञ्जली

वरिष्ठ कलाकार, चराविद् तथा साहित्यकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापतीकाे लोकार्पण

सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्राडा गोविन्दमान सिंह कार्कीकाे बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती कृतिको पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले लोकार्पण गरे।

पापीझैं देखिए पनि मन पवित्र हुन सक्छ!

झट्ट हेर्दा चित्रभन्दा फरक चरित्र हुन सक्छ, पापीझैं देखिए पनि मन पवित्र हुन सक्छ। काफी हुन्छ एक झलकमा मान्छे चिन्न त, छद्मभेषमा झुल्किएर समेत मित्र हुनसक्छ।

स्वयम्भूमा बालबालिकाको अक्षरारम्भ (तस्बिरहरु)

आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।

मरेपछि मान्छेकै शरीर पनि जलेर जान्छ!

बलेको मैन बत्ती पनि स्वतः गलेर जान्छ,चढेको जवानी पनि त स्वतः ढलेर जान्छ। दम्भ गर्नु किन बेकारमा आखिर यत्तिकै, मरेपछि मान्छेकै शरीर पनि जलेर जान्छ।

दुई कृति लोकार्पण तथा गाउँ फर्किरहेको परदेशी टाेकियाे साँझ सम्पन्न

विश्व नेपाली साहित्य महासंघ, जापान शाखाको आयोजनामा कविद्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचन अन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ।

आँसुको दस्तावेज

आज घाम आधा मात्र उदाएको छ, यही चेतनाको डाकमा च्यातेर धर्मग्रन्थ र वधू शिक्षा पानाका, नयाँ संस्करण लेख्दै, छोरीहरु मान्छेका समानान्तर जिन्दगीका दस्तावेज लोकार्पण गर्न लामबद्ध उभिंदै छ्न।

मुस्काउन जानेकै छ फूल, काँडाबिचै पनि!

साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,साँच्चै आफ्नै मनका राहात छोड्छन्। मुस्काउन जानेकै छ फूल काँडाविचै पनि, साँच्चै ती फूलले पनि आहत छोड्छन्।

रामराज्य

चौरको दुई छेउमा दुईवटा भिन्नाभिन्नै कार्यक्रम आयोजना गरिएको रहेछ। एउटा छेउमा द्वन्दको क्रममा मारिनेलाई सहिद घोषणा गरिदै थियो। अर्को छेउमा सोही मान्छेलाई सहिद बनाउनेलाई महान् क्रान्तिकारीको दर्जा दिएर अभिनन्दन गरिदै थियो।

‘हराएको सहर’ र ‘खास्टो’ मा ‘समित’को फड्को

‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्