२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापतीकाे लोकार्पण

सरस्वती पूजा र प्रेम दिवसको अवसर पारेर लेखक प्राडा गोविन्दमान सिंह कार्कीकाे बहुआयामिक व्यक्तित्व ललितजङ्ग सिजापती कृतिको पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले लोकार्पण गरे।

आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित सो कार्यक्रममा दिव्य पुरुष डा. गौरीशंकरलाल दासको पनि अभिनन्दन गरिएको थियो। स्वास्थ्यको कारण अनुपस्थित दासको सम्मानपत्र उनका छोरा सुरेन्द्र दासले ग्रहण गरेका थिए।

साहित्य, इतिहास र पत्रकारितामा योगदान गरेका सिजापतीका दुई दर्जन कृति प्रकाशित छन्। छोरी अम्बिका सिजापती र छोरा मदनजङ्ग सिजापतीको प्रयासमा पुस्तक प्रकाशित भएको हो।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंह, पूर्व मन्त्री एक साहित्यकार एसपी कोइराला, पूर्वमन्त्री एवं सांसद् दिपेन्द्र श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धर, समीक्षक प्राडा राजाराम सुवेदी, अतिथिहरू - प्राज्ञ दिनेशराज पन्त, प्रा. हेमन्त शमशेर, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकार, छोरी अम्बिका केसी सिजापती लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

लोकार्पित पुस्तकमा सीजापती थरको ऐतिहासिकता, ललितजङ्ग सिजापती, राजनीतिक सक्रियता, सर्जकको रुपमा ललितजङ्गको स्मृतिमा भएका कार्यहरू, सन्दर्भ सामग्री र परिशिष्ट ७ ओटा समावेश छन्।

वरिष्ठ कवि यादव भट्टराईले सञ्चालन तथा अम्बिका केसी सिजापतीले स्वागत गरेको उक्त कार्यक्रममा पवन आलोक, वियोगी बुढाथोकी, रमेशजङ्ग सिजापती, दिव्य गिरी, गीता कार्की, विक्रमभक्त जोशी, प्रा. भोला पोखरेल, ममता मृदुल, सरस्वती गौतम, मदन नेपाल, निर्मलरमण पराजुली, कल्पना खरेल, नम्रता उप्रेती, बद्री उप्रेती, तुलसी गौतम, सुशीला ढकाल अधिकारी, उषा केसी, भावना खनाल अर्याल लगायत सिजापती परिवारजन र आफन्त तथा अन्यको उपस्थिति रहेको थियो।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App