कवि राजेन्द्रप्रसाद अर्यालको ‘आजको मान्छे’मा एक फन्को
डायस्पोरामा मान्छे भाषा बोल्न नपाएर रुन्छ। धर्म तथा संस्कारले दुखाइरहन्छ। चाडपर्व आउँदा मन खिन्न बनाइरहन्छ। आफन्त नहुँदा एक्लो महसुस हुन्छ। समाज छैन, देश छैन अनि अर्काको देशमा प्राविधिक नागरिक भए पनि दुई नम्बरकै नागरिक हुन्छ। यी पीडाबाट अभिषप्त पीडित हुन्छ डायस्पोरामा मान्छे।