भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत्
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन । अहिले हावाहुरी अन्तै चले पनि भित्रको रहस्य अर्कै भएको बताए।
यो प्रकरणमा रवि लामिछाने, गितेन्द्रबहादुर राई (जिवी), पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललगायतविरुद्ध मुद्दा दर्ता भइसकेको छ। आरोपहरू अदालतमा विचाराधीन छन्।
मध्यपूर्वको हवाई क्षेत्रमा लागेको प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानमा ढिलाई, पुन:तालिका वा रद्द हुनसक्ने भन्दै कार्यालयले अद्यावधिक भएर मात्रै विमानस्थल पुग्न अनुरोध गरेको हो।
हरेक निर्वाचनमा फरक उम्मेदवारलाई विजयी गराउँदै आएको मोरङ क्षेत्र नं. ५ यस पटक पनि ‘परिवर्तन’ दोहोर्याउँछ कि स्थिरता रोज्छ ?
हुम्ला र डोल्पाका चार स्थानीय तहमा रहेका २७ मतदान स्थलमा शनिबारदेखि हेलिकप्टरमार्फत सामग्री ढुवानी र कर्मचारी परिचालन थालिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पटक-पटक परीक्षण भइसकेका र असफल साबित पुराना राजनीतिक दललाई भोट नहाल्न अपिल गरेका छन्।
हिमपातका कारण केही स्थानमा मतदान केन्द्र सानुपर्ने भए पनि पछिल्ला समयमा मौसम न्यानो हुँदै गएकाले सम्बन्धित मतदान केन्द्रमा मतदान गर्नेगरी सहमति भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए।
इटहरी उपमहानगरपालिका–१ आपगाछीमा करिब ६ करोड ६० लाख रुपैयाँको निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। शनिबार आयोजित समारोहमा वालसन्त मोहनशरण देवाचार्यले मन्दिरको उद्घाटन गरे।
गगन थापाले प्रतिनिधिसभा निर्वाचनपछि देश हार्ने अवस्था आउन नदिन सबै दल र नेताले जिम्मेवार बन्नुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नयाँ दल मान्न नसकिने बताएका छन्।
पर्यटकीय सिजनको मुखैमा निर्वाचन परेपछि पोखरासहित देशभर विदेशी पर्यटक आगमन प्रभावित भएको व्यवसायीले बताएका छन्।
नवप्रवेशी युवा प्रकाश डंगोलले लामो समय अरुलाई हेरेको भएपनि युवाहरुको भावना बुझ्ने उम्मेदवारलाई साथ दिन कांग्रेसमा प्रवेश गरेको बताए ।
आयोगले आज (शनिबार) विज्ञप्ती जारी गरेर मतदानको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङकर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायत सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।
निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेको छ।