४ कार्तिक २०७८ बिहीबार

काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

राजनीतिक दबाबमा सम्बन्धन पाएका मेडिकल कलेज अयोग्य ठहर

मेडिकल शिक्षामा चरम राजनीति विगतदेखि नै कसरी बढ्दै गएको छ भन्ने उदाहरण देवदह मेडिकल कलेज बनेको छ। राजनीति दबाबलाई प्रमुख मान्ने तर पूर्वाधार र मापदन्डलाई लत्याउँदै बलजफ्ती सम्बन्धन दिँदा कलेजले दक्ष जनशक्तिनै उत्पादन गर्न नसक्ने उदाहरण बुटवलस्थित देवदह मेडिकल कलेजले नमुना नै पेस गरेको सरकारी प्रतिवेदनले नै देखाएको छ।

बिएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएन्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार, आइतबार घर फर्काइने

उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो। कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो।’

सङ्क्रमित घटेसंगै अस्पतालका शय्या खाली हुन थाले

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ।

नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने जनाएको छ।

उपचारमा ढिलाई गरेको भन्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात

बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

'कोरोना संक्रमितलाई निको बनाउँदा आनन्दको अनुभूति हुन्छ'

नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्