२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपन्यास क्वारेन्टाइन र दलित बहिष्करण

संसारका सारा मानिसलाई क्वारेन्टाइन एवं आइसोलेसन (अलग र बहिष्कृत) भएर बस्नुपर्दाको पीडा र सास्तीपूर्ण परिवेश ज्ञात भयो। युगौँदेखि जातीय भेदभावका कारण बहिष्करणमा पारिएका दलित समुदायले व्यहोर्नुपरेको छुवाछूत र जात प्रथाको पीडा कस्तो हुने रहेछ देख्यौ भनेर औँला ठड्याउनु र यसैमा मान्छेको ध्यानाकर्षंण गराउनु यो उपन्यासको एउटा खरो पक्ष हो

गोरुको जीवन

ऊ मालिक हो। मचाहिँ कसैबाट बेचिएर जे गर्न पनि छुट भ’को उसको वस्तु , पशु। हामी दास गोरुहरूले मालिकले जे गर्दा पनि सहनु नै पर्ने। कति दास मान्छे त सहन्छन्? हामी त झन् गोरु।

प्रेमा शाहः संस्मरणका केही झिल्काहरू

पछि भेट्दा मैले उनलाई स्पष्ट रूपमा भनेँ– तपाईं आफू यति रूपवती र प्रसिद्ध साहित्यकार भएर कस्तो कालो र भद्दा मानिससँग बिहे गर्नुभयो। उनले केही भनिनन्। पछि मैले साथीहरूसँग सोध्दा थाहा पाएँ कि उनी धनाढ्य मानिस रहेछन्। मैले त्यसैबखत अनुमान गरेको थिएँ, यो सम्बन्ध स्थायी हुँदैन, नभन्दै सम्बन्धविच्छेद पनि भयो।

मृत्युपछि आफन्तले सोधून्– कसरी बाँचेको रहेछ?

बाले कति कुराको जवाफ बोलेर दिन्थे, कति अवाक् बनाउने बालसुलभ भावनाका प्रश्नलाई हाँसेर टारिदिन्थे त कहिले आँसुलाई लुकाएर, कतिपय अवस्थामा छोरालाई भान्छामा सँगै राखेर खाना पकाउँदै सिकाउने गर्दथे जीवनका लक्ष्य, अपेक्षा र यथार्थतालाई।

नयाँ वर्षको प्रचलन

आधिकारिक रूपमा नयाँ वर्षका बेला लिइने कसमलाई अमेरिकाको बोस्टनबाट निस्कने ‘बोस्टन’ अखबारले लिखित रूपमा सर्वसाधारणका वाचाकसम प्रकाशन गरेको तथ्य पाइन्छ ।

किसान-मजदुरले देश बाँचेको छ

पसिनामा डुबे पनि खाएलाएकै छन्,घाम– झरीमा पर्दा पनि रमाएकै छन्। किसान-मजदुरले देश बाँचेको छ,नेपालीले दिव्य ज्योतिमा आशा साँचेको छ।

शिक्षा

शिक्षाबिनाको मानिस त पशुतुल्य हुन्छ, शिक्षित विद्वान मानिस त संसारमै पुज्य हुन्छ। तरबारभन्दा कलम बलियो त्यसै भा’को हैन,दुनियाँमा शिक्षाभन्दा ठूलो अरू केही छैन।

फूलसँगै काँडा छ र जिन्दगी मजा छ

फूलसँगै काँडा छ र जिन्दगी मजा छ, छ धेरै चुनौती तर जिन्दगी मजा छ। विश्वासको हाँगामा टेकेर बढ्ने हो अघि,गर आफैंलाई प्रेम गर जिन्दगी मजा छ।

सयपत्री फूलको माला

‘नियात्राका मेरा अगुवा पोषरमण चापागाईंले ‘लवाक कफी’ सित्तैमा लेखेको होइनन् रहेछन्। कफीको स्वाद भारी मूल्यको हुँदो रहेछ।’ कफी पिउँदै जाँदा कफीको मूल्य र कफी पिउनुको मजा बुझ्दै गएँ।

पानीको रंगसँग नभिजेको जीवन

म शून्यमा पनि छैन र छैन शिखरमा पनि। बीचको यात्रामा हिँड्दै गरेको मान्छेले कहिले आकाश देख्छ। कहिले धुलो मात्र देखेर निराश हुन्छ। फेरि फूलका रंग देखेर रमाउँछ एकैछिन। लाग्छ क्षणमा नै स्वर्गको स्वादमा अल्लादित भएको छ।

रोग

भोलिदेखि यो औषधि पनि खानुहोस्। अनि मैले सिकाएको व्यायाम पनि गर्नुहोस्। पन्ध्र दिनपछि फेरि एकपटक जँचाउन आउनुहोला है।

राजनीति

‘हामीले बनाएको पार्टी कहाँ छ? उसले अपराध गर्दैनथ्यो। भ्रष्टाचार गर्दैनथ्यो। विशुद्ध सेवामूलक काम गर्थ्यो।’

माया त लाउन मन थियो

माया त लाउन मन थियो,पिरती गाँस्ने मन थियो। उमेरले नाइँनाइँ भन्दैछ,समयले बाईबाई भन्दैछ,लासो। डाँडाको घाम भइहाल्यो,अस्ताउने बेला आइहाल्यो। के लाउनु माया–पिरती,जाने पो बेला भइहाल्यो, लासो।

घेराबन्दी

समूहको अलि लामोलामो कपाल पालेको मान्छे कड्कियो, ‘हामी भ्रष्टचार विरोधी आन्दोनलमा लागेका मान्छेलाई यसो यताउता मिलाएर पैसा भुक्तान गर्न नसक्ने हुतिहारा सचिवलाई घेराबन्दीमा नपारेर पूजा गर्छौं त?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्