प्रतिमा तामाङ
माया त लाउन मन थियो,पिरती गाँस्ने मन थियो।
उमेरले नाइँनाइँ भन्दैछ,समयले बाईबाई भन्दैछ,लासो।
डाँडाको घाम भइहाल्यो,अस्ताउने बेला आइहाल्यो।
के लाउनु माया–पिरती,जाने पो बेला भइहाल्यो, लासो।
तिमी त आपा भइसक्यो, तरुनी खोज्दै हिंड्दछौ।
घाटमा जाने बेलामा, मैच्याङसँग जिस्किन्छौ, लासो।
आकाशमाथि तारो छ,मलाई लान गाह्रो छ।
कुरा त धेरै गर्छौ नि,माया नलाई मर्छौ नि,लासो।
प्रकाशित: ७ पुस २०७८ ०८:३७ बुधबार