२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

राजनीति

लघुकथा

त्रिलोचन ढकाल

‘हेलो मदनजी! तपाईले राजनीतिबाट सन्यास लिनुभएको हो कि कसो? राजनीतिक गतिविधिमा लागेको देखिएन।’

सुरेशको जिज्ञासा बुझेपछि मदनले प्रतिक्रिया दिए, ‘होइन, राजनीतिबाट सन्यास लिएको छैन। न राजनीतिले मलाई छोड्न सक्छ न मैले राजनीति छोड्न सक्छु।’

‘चुपचाप हराउनुभएको छ। पार्टीका कति धेरै कार्यक्रम सम्पन्न भएका छन्। कहीँ देखिनु भएको छैन।’

‘म कुनै पनि पार्टीमा छैन। भएको ठाउँमा खोज्नुस् त! म यहीँ बसेर राजनीति गरिरहेको छु।’

‘कुन अनुहारको राजनीति? पार्टीमा नबसीकन पनि राजनीति हुन्छ?’

‘किन नहुनु? मैंले निस्वार्थ रूपले सेवामूलक राजनीति गरिरहेको छु। पार्टीमाथि आधारित राजनीति अपराधयुक्त सत्तासँग मात्र सम्बन्धित भएको छ। अरू क्षेत्रबाट गरिने राजनीति सेवामाथि उभिएको छ। मजस्ता लाखौं नागरिक समर्पित छन् देशमा। यिनकै त्यागका आधारमा देश चलिरहेको छ।’

‘आफूले निर्माण गरेको पार्टी, यसरी माया मार्न त नहुने हो नि हजुर!’

‘हामीले बनाएको पार्टी कहाँ छ? उसले अपराध गर्दैनथ्यो। भ्रष्टाचार गर्दैनथ्यो। विशुद्ध सेवामूलक काम गर्थ्यो।’

प्रकाशित: ८ पुस २०७८ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App