२० आश्विन २०८१ आइतबार
image/svg+xml

मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति

पोखरा महानगरपालिका–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको पाइएको छ। उनले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको पाइएको हो। जुन स्वकृतिमा उनले मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पुष्टि भएको छ।

मध्यपहाडी लोकमार्ग सडक कालोपत्र: समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो।

नयाँ सहर निर्माण योजना अलपत्र

मध्यपहाडी लोकमार्गसँगै जनसंख्या, बसाइ–सराइ, गैरकृषि क्रियाकलाप, साक्षरता, विद्युत् लगायतका क्षेत्रीय वितरण र सन्तुलनलाई आधार मानेर तत्कालीन प्रत्येक विकास क्षेत्रमा पर्ने गरी दुई-दुई स्थानमा नयाँ सहर निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारिएको थियो।

कालोपत्रे नगर्नेसंग ठेक्का तोड्न स्थानीयको माग

खोटाङको साकेला गाउँपालिकाबासीले मध्यपहाडी लोकमार्गको काम नगरेको ठेक्का तोड्न माग गरेका छन्।

कालोपत्रे हुँदै मध्यपहाडी सडक

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्तर्गत मध्यपहाड हुँदै खोलिएका सडकमा कालोपत्रे भइरहेको छ। पहाड छिचोलेर बनाइएको सडक कालोपत्रे हुँदा सुन्दर देखिएको हो।

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

चौरजहारी–जगतीपुर सडक योजनाअन्र्तगत महत्वकांक्षी रुपमा लिइएको भेरी नदिमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ।

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ।

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।

राष्ट्रिय सम्पदा जोगाउने भए मध्यपहाडीलाई विकल्प देउः स्थानीय

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा महानगरमा पर्ने अर्मलाकोटदेखि याम्दीको पुलसम्मको तीन किलोमिटर क्षेत्रका बासिन्दाले राजमार्गको बैकल्पिक बाटो खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडकको पछिल्लो सर्भे अनुसार पोखरा महानगरपालिका –१६ र १९ वडाभित्रका सामरिक महत्व एवं राष्ट्रिय सम्पदा प्रभावित हुने जनाउँदै सम्पदा जोगाउन राजमार्गको लागि नयाँ बैकल्पिक बाटो खोज्न आग्रह गरेका हुन्।

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

राष्ट्रिय गौरवको आयोजना: गोरखा खण्डको ठेक्का पनि अधुरै, हिलो धुलोले सास्ती

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा २०७१ सालदेखि सुरु भएको काम २०७९ असार मसान्तसम्म ८० प्रतिशत मात्रै पूरा भएको छ।

राष्ट्रिय गौरवको आयोजना: मध्यपहाडी राजमार्गको निर्माण सुस्त

सरकारले डेढ दशकअघि स्वदेशी लगानीमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने गरी मध्यपहाडी राजमार्ग बनाउने योजना अघि सारेको थियो।

चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ।

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्